नेपालीका कति शव विदेशमा अलपत्र छन् त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७३, शुक्रबार ०९:२१

काठमाडौं १४ साउन । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा असारमा मात्र २३ लास विदेशबाट मगाइदिन निवेदन परेको छ । तीमध्ये सबैभन्दा बढी साउदी अरेबियाको रियादबाट ११ लास ल्याइदिन आफन्तले निवेदन दिएका छन् ।shab

‘निवेदन पर्नासाथ सम्बन्धित मुलुकका हाम्रा दूतावासमा स्क्यानिङ गरेर पठाइदिन्छौँ, त्यहा“बाटै सबै प्रक्रिया अघि बढ्छ,’ विभागका महानिर्देशक गणेश ढकालले भने । उनका अनुसार मृतकको विस्तृत विवरणका आधारमा नियोगले सम्बन्धित कम्पनी वा मृतकको ठेगानामा सम्पर्क गरेर शव ल्याउने प्रक्रिया सुरु गर्छ ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागको तथ्यांकअनुसार असारमा २३ शव ल्याइदिन निवेदन परेको छ । रियादबाट ११, मलेसियाबाट पाँच, दक्षिण कोरिया, कतार र अबुधाबीबाट दुई–दुई र कुवेतबाट एउटा शव ल्याइदिन निवेदन परेको हो । विभागले सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गर्छ । विभागका महानिर्देशक गणेश ढकालले भने, ‘हामीले सहजीकरण गरिदिने हो । जीवित वा मृतक नआउन्जेलसम्म सम्बन्धित परिवारका सदस्यहरू आउनुहुन्छ, काम भइसकेपछि आउनुहुन्न ।’ कतिपयको मृत्युबारे ढिलो थाहा हुन्छ ।

खाडी मुलुकमा अलपत्र परेका ६६ नेपालीलाई उद्धार गरिदिन विभागमा निवेदन परेको छ । उनीहरूलाई ल्याउन विभागमार्फत सम्बन्धित दूतावासमा निवेदनसमेत पुगेको छ । सहज अवस्थामा रहेकालाई ल्याउन धेरै गाह्रो नभएको विभागले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१