ओठको आकारबाट जान्नुहोस आफ्नो भाग्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७३, शुक्रबार ०७:४९

लिपकाठमाडौं  । दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ । यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ । यहाँ ओठको बनावट र त्यसले मानिसमा पार्ने प्रभावका बारेमा चर्चा गरिएको छ ।
दुबै ओठ मोटो – यस्तो व्यक्ति बढि बोल्ने हुन्छ । उसले अन्तरमनमा कुनैपनि रहस्य लुकाएर राख्न सक्दैन । खानपानमा विशेष रुचि राख्ने हुन्छ । साथै धेरै खाना खाने स्वभावको हुन्छ ।
दुबै ओठ पातलो – यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ । संघर्षबाट उन्नति गर्ने खालको हुन्छ । बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ ।
माथीको ओठ ठुलो – यस्तो व्यक्ति प्रभावशाली हुन्छ, स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन ।
तल्लो ओठ ठुलो – यस्ता व्यक्तिहरू अहंकारी वृत्तिका हुन्छन । यस्ता व्यक्ति आफ्नो कुरा मनाउनका लागी जे पनि गर्न सक्दछन । अरू मानिसहरूको दुःख सुनेर वा हेरेर आन्तरिक प्रसन्नताको अनुभव गर्दछन । यिनीहरू सहनशील हुँदैनन ।
रक्तिम ओठ– शौर्य, वीर्य र उत्साहको द्योतक हो यस्तो खालको ओठ । यस्ता स्त्री पुरूषमा काम लालसाको निकै फाइदा उठाउने गर्दछन । उनीहरू ऐश्वर्यशाली तथा धनवान पनि हुन्छन ।
कालो ओठ – यस्तो प्रकारको ओठ कपट तथा संघर्ष को प्रतीक मानिन्छ । यस्ता व्यक्ति मिथ्यावादी हुन्छन साथै सधै दुख भोगिरहन्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१