युवा उमेरमै किन चाउरिन्छ छाला ? रोक्ने उपाय के होला हेर्नुस !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७३, शुक्रबार ०७:४१

मुखकाठमाडौं । उमेर ढल्किँदै गएपछि अनुहार , हात ,गोडा र शरीरमा पर्ने चाउरीलाई अधिकांश मानिसले सजिलै स्वीका गर्दछन् । तर जवानीमै छला चाउरियो भने निकै तनाव निम्तिन्छ । कतिपय व्यक्ति जवानीमै चाउरिएको अनुहार लिएर हिाड्न बाध्य छन् । आखिर किन चाउरिन्छ छाला रु चाउरिपन आउन नदिन के गर्न सकिन्छ रु र निम्तिसकेको चाउरीको समाधान के हुनसक्छ रु छालारोग तथा सौन्दर्य विशेषज्ञ डा। राजन ताझियाले जवाफ दिएका छन् ।

चाउरी पर्ने कारण
छालाको भित्रपट्टि सतहमा कलेजिन र इलास्टिन नामका फाइबर हुन्छन् । यी फाइबरको काम छालालाई सपोर्ट दिने हो । तर, कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले बिस्तारै आफ्नो स्थान छोड्न थाल्छ । छाला कमजोर र केही लचकदार हुँदै जान्छ । कलेजिन र इलास्टिन निकै नै कम भएपछि छालाले पूरै ठाउँ छोड्छ र चाउरी पर्छ । बुढेसकालमा कलेजिन र इलास्टिन प्राकृतिक रूपमै कम हुँदै गएर चाउरी पर्छ । बूढा व्यक्तिहरूको छाला पातलो र सुक्खा हुने भएकाले चाउरी पर्ने खतराबाट जोगाउन गाह्रै हुन्छ । कम उमेरका व्यक्तिको छाला चाउरी पर्दा पछाडितिर सोहोरिन्छ भने बुढाबुढीको तलतिर झोल्लिने गर्छ ।
जवानीमै चाउरी

जवानीमै छाला चाउरी पर्नुका पछाडि विभिन्न कारण छन् । उमेरमै छाला चाउरी पर्नुको प्रमुख कारण सूर्यको अल्ट्राभाइलेट किरणको प्रभाव हो । अल्ट्राभाइलेट किरणले कलेजिन र इलास्टिन फाइबर घटाउन भूमिका खेल्छ । त्यसैले घामको सीधा किरणमा रहेर नियमित काम गर्नेलाई कम उमेरमै चाउरीपनको सम्भावना बढी हुन्छ । नियमित धुम्रपान गर्ने व्यक्तिलाई पनि चाउरीपन चाँडै निम्तिन्छ । डिहाइड्रेसन र वातावरणको प्रभाव पनि चाउरी पर्ने अन्य कारण हुन् । कतिपयमा चाउरी पर्ने कारण जेनेटिक पनि हुन्छ ।

चाउरी हटाउन

चाउरी पर्नै नदिन समस्या निम्तिने कारणहरूमा सचेत हुनु नै हो । निम्तिसकेको छ भने पनि थप हुन नदिन लाइफस्टाइलमा ध्यान दिन सकिन्छ । तर, चाउरी हटाउनै पर्ने छ भने कस्मेटिक या प्लास्टिक सर्जरी र लेजरथेरापी गर्न सकिन्छ । नेपालमा लेजर रिजुभेसन थेरापीको सफल प्रयोग भइरहेको छ । यो थेरापी गर्दा निस्किने लाइटले छालामुनिको पानीमा प्रभाव पार्छ र छालाको पिब्रोब्लास्टलाई सक्रिय बनाउँछ ।

यसले कलेजिन फाइबर बढाउन मद्दत गर्छ । यसले अनुहारमा सुरु हुन लागेको चाउरीपन र छिद्र कम गराउँछ । लक्षित गरिएकोबाहेक लेजर अरू ठाउँँमा नजाने भएकाले नचाहेको भागमा असर पर्दैन । यो थेरापी गरिसकेपछि लिड ल्याम्पको प्रयोगले छालालाई आराम दिएर शान्त पारिन्छ । यसको राम्रो नतिजा ल्याउन १५ दिनको अवधिमा ४ देखि ६ पटकसम्म थेरापी गर्नुपर्छ । पहिलोपटकको उपचारपछि नै छालामा सुन्दरता आएको अनुभव गराउँछ ।

प्लस टिप्स

चाउरी हटाउन गरिएको लेजर उपचारपछि सनब्लक क्रिम लगाउने विषयमा छाला विशेषज्ञसँग सल्लाह गरेर मात्रै अगाडि बढ्नुपर्छ । थेरापीपछि के गर्नेरनगर्ने भन्ने कुरा व्यक्तिअनुसार फरक पर्नसक्ने भएकाले विशेषज्ञको रायपछि मात्रै कदम चाल्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१