उम्रिएको गेडागुडी खाँदा विभिन्न फाईदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार १४:३६

gedagudiएजेन्सी । स्वस्थ जीवनशैली अप्नाउन चाहने हरेक मानिसले उम्रिएको गेडागुडी खानुपर्छ । उम्रिएको गेडागुडीलाई ब्रेकफास्टमा प्रयोग गर्नुपर्ने विज्ञहरु सुझाउँछन् । दैनिक एक कचौरा पोषणयुक्त उम्रिएको गेडागुडीको परिकार खाने मानिस निश्चित रोगबाट बच्ने विभिन्न अध्ययनले देखाएका छन् । गेडागुडीलाई केही दिन पानीमा भिजाएर उमारेर खाँदा विभिन्न फाईदा हुन्छ ।
१० केही गेडागुडीमा धेरै इन्जाइम हुने र यसले शरिरको कार्यलाई सहयोग गर्छ । उम्रेको गेडागुडीले धेरै पोषण दिन्छ ।
२० गेडागुडीलाई टुसा उमारेर खाँदा पर्याप्त मात्रामा फाइबरको पाइन्छ ।
३० उमारेको गेडागुडी, बिउबिजन, नटबाट प्राप्त हुने खनिजलाई शरिरले सजिलै प्राप्त गर्न सक्छ । उमारेको गेडागुडीमा भिटामिनको मात्रा पनि बढी हुन्छ । गेडागुडीलाई उमार्दा भिटामिन पर्यात्प मात्रामा ई, सी, बी र एको मात्रा पाइन्छ ।
४० उमारेको गेडागुडीमा प्रोटिनको मात्रा पनि बढी हुन्छ । कुनै निश्चित प्रकारका गेडागुडीलाई पानीमा भिजाउँदा पोषणमा परिवर्तन हुन्छ ।
५० टुसा उम्रेको गेडागुडीले शरिरमा एसिडको मात्रा घटाउँछ । यसले क्यान्सर लगायतको समस्याबाट निको गर्छ । बिहानै उठेर उम्रेको काँचो गेडागुडी खाँदा क्यान्सरको जोखिम कम हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१