प्यूठान । आईतबार रातीदेखि परेको अबिरल बर्षा पछि आएको भिषण बाढी र पहिरोबाट प्यूठानमा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ भने थप ६ जना अझै व्यपत्ता रहेका छन्
दुर्गम गाविस फोप्लीमा सवैभन्दा धेरै २४ जनाको बाढी पहिरोवाट मृत्यु भएको छ । त्यस्तै अर्खामा ३, माझकोट ३, खवाङ–३, पूँजा २ र लुङमा १ जनाको मृत्यु भएको जिल्ला दैवी प्रकोप उद्दार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनकरात पन्तले जानकारी दिए ।
पहिरोले पुरिएर बुधवार राति फोप्ली–६ का स्थानीय एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
फोप्लीमा २ जना, लुङमा ३ जना र खवाङमा १ जना बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक रंजितसिंह राठौँरले जानकारी दिए ।
प्रतिक्रिया