अबैध रुपमा विना अनुमतिपत्र लिई होटलमा रक्सी बिक्रीवितरण गर्ने १३ जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार ०९:१८

raksiअभिमनु पटेल /रौतहट १३ साउन । अबैध रुपमा विना अनुमतिपत्र लिई सदरमुकाम गौर नगरपालिका भित्र संचालन गरेका साना देखि ठूला  विभिन्न रक्सी होटलहरुमा अनुगमन गर्दा १३ जना संचालक पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले बुधवार गौर भन्सार देखि कविर चौक सम्म आसपासका होटलहरुमा घरेलु तथा साना उधोगबाट इजाजतपत्र लिएको र आन्तरिक राजशवर विभागमा कर भुक्तानी गरेको अनुसन्धान गर्दा १३ जना होटल संचालकहरु पक्राउ परेको छ।जताततै बिना अनुमतिपत्र लिइ रक्सी बिचने होटलहरुलाई अब संचालन गर्न नसकने समेतमा रोक लगाएको छ।होटलमा रक्सी खाने व्यक्तिहरु बाट मनमानी ढंगले रकम असुलने र होटल कति बजे राति सम्म खोलने जानकारी नभइ जस्ता माथि कारवाही समेत गरिने छ ।

भारत राज्य विहारमा रक्सी बिक्रीवितरणमा विहार सरकारले रोक लगाउदा सिमाना क्षेत्रका गाउघर र आसपासका बजारहरुमा धमाधम छापरो बनाइ खुला देखि बोतलका रक्सी बिक्री गर्नेको संख्या बढिरहेको र बिना दर्ता नकुनै अनुमतिपत्र लिइ होटल संचालन गर्ने
गुड्डु कुमार मण्डल , श्याम  कुमार कुश्वाहा, पृतम दास , गौरी शंकर साह , संजय दास ,रमेश कुमार पौडेल ,राकेश कुश्वाहा , जितेन्द्र केशरी ,विजय साह ,राजेश्वर प्रसाद चौधरी , जनक दास ,राकेश कुमार मण्डल लगायत प्रमोद साह समेत लाई पक्राउ गरि कानुन बमोजिम कारवाही अनुसन्धान हुदै जिल्ला प्रहरी कार्यालय रौतहट सहायक प्रहरी उपरीक्षक नवीन कृष्ण भण्डारीले बताउनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१