गर्भ अवस्थामा यौनसम्पर्क गर्न के गर्ने ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७३, बिहीबार ०७:४९

गर्भ अवस्थामा यौनसम्पर्क गर्न के गर्ने  फ्द्ग्मयौन सम्पर्क र गर्भावती हुनु प्राकृतिक कुरा हो, त्यसैले प्राकृतिक कुरा भएकोले दुबैलाई सँगै मिलाएर लान सकिन्छ । यो अवस्था एकदमै जोखिमपूर्ण अवस्था पनि हो । लगातार यौन सम्पर्क गरीरहँदा जब महिनावारी बन्द हुन्छ र त्यसपछि १०र१५ दिन पछाडि चेकअप गराउँदा गर्भ रहेको जानकारी पाइन्छ । लगातार यौनसम्पर्क गर्दा गर्भपतन हुन्छ भन्ने हुँदैन त्यसैले यि दुईकुरा नै प्राकृतिक भएकाले गर्भ अवस्थामा यौनसम्पर्क गर्दा असर गर्ने, नराम्रो हुने भन्ने पनि हुँदैन । गर्भावस्थामा यौनसम्पर्क गर्दा के बुझ्नु पर्यो भने गर्भवती महिलालाई अप्ठ्यारो, असहजीलो हुनु भएन । त्यसैले जुन आसनमा यौन सम्पर्क गर्दा महिलालाई सहज हुन्छ त्यहि आसनमा यौनसम्पर्क गर्दा महिला, बच्चा कसैलाई पनि असर हुँदैन । गर्भावस्थामा महिलाको मनमा प्रेमका भावहरु बढि आउँछ । यो अवस्थामा आफ्नो यौन जोडिले ख्याल राख्नुपर्दछ ।  गर्भावस्थामा यौनसम्पर्क गर्दा ब्लिडिङ हुन्छ र रु ब्लिडिङहुने कारण भनेको गर्भरहेको बेलामा कुनै पनि बेलामा हुने कुरा हो । यो गर्भावस्थाको सबैभन्दा जोखिम पुर्ण अवस्था  हो । यदि पटक–पटक ब्लिडिङ हुने, गर्भपटन हुने महिलाहरुले यौन सम्पर्कमा केहि ध्यान पु¥याउँनुपर्छ । तर यौन सम्पर्क गरेकै कारण ब्लिडिङ हुने भन्ने हुँदैन । यदि गर्भवती महिलालाई गर्भको कारणले गाह्रो भइरहेको छ, महिलालाई यौन इच्छा नै छैन तर तपाई त्यस्तो अवस्थामा पनि जबरजस्ती यौन सम्पर्क गर्न खोज्यो भने त्यो बलात्कार हुन्छ, यदितपाई आफ्नो यौन जोडिलाई साच्चै नै माया गर्नुहुन्छ, भावनात्मक बिश्वास छ भने त्यो बेलामा तपाईलाई यौन सम्पर्क गर्नै मन लाग्दैन । त्यसैले तपाईले बुझ्नु पर्ने कुरा गर्भावस्थामा रहेकी महिलाले पनि यौन इच्छा देखाइनभने मात्र यौनसम्पर्क गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१