ग्रिनसिटिको सफलता, काखिमै प्वाल पारेर गरियो ओपन हर्ट सर्जरी (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७३, बुधबार १५:२०

नेपालमै नमुना स्वास्थ्य सेवा : प्रचण्ड
काठमाडौँ १२ साउन । नेपालमै पहिलो पटक काखीमुनीबाट सानो प्वाल पारी मुटुको अप्रेशन सफलतापुर्बक सम्पन्न भएकोमा पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक नमुनाको रुपमा लिनुभएको छ ।

greensity
अध्यक्ष प्रचण्डले बसुन्धरास्थित ग्रीनसिटी अस्पतालमा सो अप्रेशन गर्नुभएका बरिष्ठ कार्डियो सर्जन डाक्टर अनिल भट्राईलाई बुधबार अस्पतालमै आयोजित विशेष समारोहमा अभिनन्दन गर्दै काखिमुनिबाट सानो प्वाल पारेर गरिएको अप्रेशनले अब नेपालमै उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध भएको दावि गर्नुभयो । उहांले नेपालमा सहज र सर्वसुलभ रुपमा निजि अस्पतालले उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराएकोले उसले सरकारी उच्च भनिएको अस्ताललाई समेत चुनौति दिएको बताउनुभयो ।
ग्रिनसिटि अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले नेपालमै मुटुरोग सम्बन्धि उच्चस्तरीय सेवा उपलब्ध भएको अवश्थामा अबका दिनमा सरकारले आर्थिक रुपमै बजेट छुट्याउनुपर्ने बताउनुभयो । उहांले ग्रिनसिटि अस्पतालले छोटो समयमा नै प्राविधिक रुपमै हासिल गरेको सफलताको खुलेर प्रशंसा गर्नुभयो । पुर्वमन्त्री एवं सांसद लालबाबु पण्डितले नेपालमा सबै खाले स्वास्थ्यसेवा उपलब्ध भएको र नेपालका निजि तथा सरकारी अस्पतालले हासिल गरेको उपलब्धिलाई टिकाउन नेतृत्व तहका व्यक्तिहरुले स्वदेशमै उपचार गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा सभासद बहादुर सिंह लामा, कमल धमला, बरिष्ठ पत्रकार टंक पन्तले नेपालमा कुनैपनि खाले उपचार स्वदेशर्म हुन्छ भनी विदेशमा नगएर जनतालाई सन्देश दिन नेताहरु समक्ष आग्रह गर्नुभएको थियो ।
सो कार्यक्रममा यसअघि मुटुको अप्रेशन भइसकेका कमल धमला र काखिमुनिबाट सानो प्वाल पारेर अप्रेशन भइसकेकी श्रीषा कार्कीलाइृ अस्पतालको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । डा भटराईको नेतृत्वमा धादिन जिल्ला ज्यामरुङ गाबिस १ लाभास्थान निबासी १६ बर्षीया श्रीषा कार्कीको काखीबाट भएको ओपन हर्ट सर्जरी पछि उनको मुटुमा रहेको समस्या समाधान भएको छ । उनको मुटुमा प्वाल परेको कारण केही समयदेखि श्वास प्रश्वासमै अफ्टयारो भएको थियो ।
नेपालमा छाती र बे्रसको तलबाट ओपन हर्ट सर्जरी हुने गरेको थियो । तर, यसपटक ग्रीनसिटी अस्पतालमा पहिलो पटक काखीमा सानो प्वाल पारी गरिएको ओपन हर्ट सर्जरी उदाहरणीय भएको छ । डा भटराईका साथमा डा रञ्जन सापकोटा, एनेश्थेसिया डा बिश्वास प्रधान र डा आशिष अमात्य सहितको टोलिले काम गरेको थियो । ।
काखीमुनीबाट मुटुको अप्रेशन सम्पन्न भएपछि बरिष्ठ कार्डियो सर्जन डा भट्राईले काखीमुनीबाट सानो प्वाल पारी युरोप, अमेरिकामा पनि भर्खरै मात्रै शुरु भएको अप्रेशन नेपालमा पहिलो पटक आफुुले सफलतापुर्बक सम्पन्न गरेकोमा अत्यन्तै खुशीको अनुभुति भएको बताउनुभएको छ । उहांले मुटुको अप्रेशनका लागि बर्षेनी नेपालीको ठुलो संख्या बिदेश जाने गरेको र अरबौ रुपिया बिदशिने गरेको कारण मुटुको शल्यक्रिया नेपालमै नयां प्रबिधिबाट बिदेशमा भन्दा सुलभ रुपमा हुने भएकोले मुटुको शल्यक्रिया नेपालमै गर्न गराउन बिशेष आग्रह पनि गर्नुभयो ।
नेपालमै पहिलो पटक काखीमुनीबाट ओपन हर्ट सर्जरी सफलतापुर्बक सम्पन्न भएकोले अस्पतालले सो अप्रेशनको लागि शुल्क नलिने निर्णय गरेको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी गराउनुभयो ।
सो अप्रेशनका लागि सेभ द हार्ट नामक सस्थाले पनि आर्थिक सहयोग गरेको भन्दै अध्यक्ष टण्डनले नेपालमा पहिलो पटक आफ्नो अस्पताल मार्फत यस्तो सेबा उपलब्ध गराउन निकै चुनौतिपुर्ण भएपनि डा भट्राई जस्ता सक्षम अनुभबी चिकित्सक समेतको टीमले गर्दा सहज रुपमा सफलता मिलेको र आगामी दिनमा पनि सहज रुपमा नै काखी मुनी त्यो पनि सानो प्वाल पारेर मुटुको अप्रेशन गर्न सकिन्छ भन्ने सिगो अस्पतालको आत्मबिश्वास बढेको उल्लेख गर्नुभएको छ । उहाले नेपालमै यति सहज र सर्बसुलभ रुपमा ओपन हर्ट सर्जरी हुन्छ भने कोही पनि बिदेश गएर ठुलो धनराशी खर्च गर्न नहुने कुरामा जोड दिनुभएको छ । बिदेशमा जाँदा भाषाको मात्र होइन अन्य आर्थिक लगायत बिबिध समस्याको समाना गर्नुपर्ने हुन्छ यसर्थ नेपाली माटोमै समाधान हुने समस्याका लागि बिदेश जाने काम कसैले गर्नुहुदेैन भन्ने कुरामा अध्यक्ष टण्डनको जोड रहेको छ ।
यस अघि ओखलढुंगाका कमल धमलाको पनि ओपन हर्ट सर्जरी निशुल्क गरिएको थियो । धमला अति गरीबीको रेखामुनी भएको र उनको अपे्रशन नभए बाच्न नसक्ने अबस्था भएको जानकारी पाएपछि अस्पतालले सेभ द हार्टको समेतको आर्थिक सहयोगमा निशुल्क अप्रेशन गरेको हो । स्मरणीय छ , एक जना नागरिकको मुटुको अप्रेशनका लागि नेपालमा करीब ४ लाख खर्च हुन्छ भने भारतमा ६ लाख रुपैंया भारु लाग्ने गरेको छ । यसर्थ नेपालको अर्थतन्त्रलाई पनि सहयोग हुने गरी नेपालमै हुन सक्ने कामका लागि बिदेश नजान पनि आम नागरिक समक्ष अस्पताल आह्वान गर्दछ ।
डा भट्राईकै नेतृत्वमा ग्रीन सिटी अस्पतालमै ६ महिना भित्र १८जनाको ओपन हर्ट सर्जरी सम्पन्न भैससकेको छ । अस्पतालले स्वास्थ्य क्षेत्रमा नयां नयां टेक्नोलोजी भित्रयाएर बिगत चार बर्ष देखि मानबीय सेबा भाबलाई ध्यानमा राखी केही समय अघि १३ बर्ष सम्म मलद्धार बिना जीबन मरणको दोषाधमा रहेकी बालिका ओखलढुंगाकी १३ बर्षीया लीला बिक र ९ महिनाकी लोकमाया सुनुवारको पनि निशुल्क अप्रेशन गरेको मेडिकल डाइरेक्टर डा रोमियो कंशाकारले जानकारी गराउनुभएको छ ।
नेपालमा काखीमुनीबाट पहिलो पटक अप्रेशन सम्पन्न गराउने सुचिमा आफु परेकोमा श्रीषा कार्कीले आफुलाई भाग्यमानी सम्झेको बताएकी छिन भने उनका पिता भरत कार्कीले छोरीको अप्रेशन जसरी पनि सम्पन्न गर्ने अठोट गरेको भएपनि कसरी आर्थिक ब्यबस्थापन गर्ने होला भन्ने भैरहेको थियो तर जब अप्रेशन सम्पन्न भएको भोलिपल्ट अस्पतालले निशुल्क गर्ने भनेर्पिछ त यति खुशी लाग्यो त्यसको कुनै सीमा नै रहेन भनेका छन ।
ग्रिनसिटी अस्पताल परिबार प्रत्येक हप्ता बागमति सफाइ अभियानमा संलग्न रहेको र सोही क्रममा हुने गरेको घरदैलो कार्यक्रमका सन्दर्भमा देखिएका अति अशक्त , अपांगता ,भएका गरीब परिबारका सदस्यहरुलाई अस्पतालमा ल्याइ निशुल्क उपचार गर्ने गरिएको छ । आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रलाई जसरी ब्यापारिकरण गर्न खोजेको आरोप लाग्ने गरेको छ त्यो आरोपलाई चिर्ने गरी यस अस्पतालले स्वास्थ्य क्षेत्रलाई सेबाको रुपमा स्थापित गर्ने गरी नयां सोचका साथ उदाहरणीय बनाउने योजना तर्जुमा गरेको छ ।
नयां प्रबिधिले सम्पन्न र सर्बसुलभ एवं हरेक दृष्टिले प्रभाबकारी अस्पतालको रुपमा बिकास गर्ने उद्धेश्यले एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल , सहित अमेरिका,युके , अष्टेलिया ,हङकङ लगायतबिभिन्न देशमा रहनुभएका महानुभाबहरुले ठुलो मात्रामा शेयर लगानी गर्ने गरी निर्णय गर्नुभएको छ । सो निर्णय अनुसार भएको शेयरबाट ग्रिनसिटी अस्पताल रहेकै छेउमा करीब ५ रोपनी जग्गा खरीद पनि गरिसकिएको यो अबसरमा जानकारी गराउन चाहन्छौ । फोटो फिचर हेर्नुहोस

2 3 4 6 7 8

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१