निजी मेडिकल कलेजद्वारा प्रदर्शन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७३, बुधबार १४:१७

निजी मेडिकल कजेल सञ्चालकले डा गोविन्द केसीसँग गरिएको सम्झौता खारेजीको माग गदै काठमाडौँमा प्रदर्शन गरेका छन् । देशभरका मेडिकल कलेज सञ्चालकले सरकारले डा केसीसँग गरिएका सम्झौताले निजी मेडिकल कलेज धरासायी हुने भन्दै खारेजीको माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

स्वदेशका मेडिकल कलेजमा कार्यरता कर्मचारीको रोजीरोटी नखोस्न, निर्धारित मापदण्ड पूरा गरेका मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीको भर्ना कोटा नघटाउन, मेडिकल शिक्षालाई गुणस्तरीय बनाउने नाममा स्वदेशी पुँजी र सिर्जनशील जनशक्तिलाई उपेक्षा नगर्न सरकारसँग माग राख्दै प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल कलेज जोरपाटीका सञ्चालक डा भोला रिजालले निजी मेडिकलमाथि हस्तक्षेप हुन थालेकाले प्रदर्शन गरिएको बताए । उनले ३०० विद्यार्थीलाई आफूहरुले छात्रवृत्तिमा एमबिबिएस पढाइरहेको भन्दै निजी कलेज धरायसी भए स्वदेशी पुँजी पलायन हुने बताए ।

प्रदर्शनमा नेपाल मेडिकल कलेज, किष्ट मेडिकल कजेज, नेपालगन्ज मेडिकल कलेज, नेसनल मेडिकल कजेललगायत नेपालभरका मेडिकल कलेजका सञ्चालक, कर्मचारी तथा विद्यार्थीको सहभागिता छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१