पोर्नसँग जोडिएको एप्लिकेसनमाथि गुगलको निगरानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७१, आईतवार ११:२८

(एजेन्सी)– चाँडै नै गुगलमा कुनै पनि पोर्न र सोसँग सम्बन्धित कुनै पनि वयस्क सामग्री विज्ञापन नेटवर्कमा देखिने छैनन् । गुगलले चाँडै नै यस्ता सबै प्रचार सामग्रीमा रोक लगाउँदै छ जुन पोर्नसँग जोडिएको छ ।googebanporn यसका लागि गुगलले आफ्ना सबै एडवर्ड पार्टनरहरुसँग सम्पर्क पनि गर्नेछ । सीएनबिसीका अनुसार गुगलले यस्ता सबै प्रचारलाई सार्वजनिक गर्न बन्द गर्नेछ जसमा यौनिक सामग्रीका साथै पोर्नोग्राफीसँग जोडिएको कुनै पनि सामग्री हुनेछ । गुगलले यसको जानकारी आफ्ना सबै विज्ञापन पार्टनरहरुलाई पनि दिइसकेको छ । योभन्दा पहिले गुगलले बच्चाहरुको पोर्नेग्राफीमा पनि रोक लगाइसकेको छ । यस्तै गुगल ग्लासमा पनि पोर्नसँग जोडिएको एप्लिकेसनमाथि गुगलले केहि परिमार्जन गरेको थियो । गुगलले आफ्नो खोजीमा पनि केहि परिवर्तन ल्याउँदैछ जसमा बच्चाहरुको अश्लिल तस्बिरहरु खोज्न गुगललमा निकै गाह्रो हुने बताइएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१