अझै केही दिन देशैभर पानी पर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७३, बुधबार ०८:३६

काठमाडौं १२ साउन । देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण बुधबार र बिहीबार पनि देशैभर वर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको आजको अन्नपूर्णमा समाचार छ ।वर्षानेपालमा वर्षा गराउन बंगालको खाडी र अरब सागर दुबैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । भारी वर्षाभने बुधबारदेखि नै क्रमशः घट्दै जाने जानकारी मौसमविद् शान्ति कँडेलले दिइन् । उनका अनुसार मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेका कारण नेपालमा बढी पानी परेको हो ।

बंगाल र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा उत्तरी हिमालमा ठोक्किएर नेपालतर्फ फर्किदा बढी वर्षा भएको महाशाखाले जनाएको छ । दक्षिण एसियाली मनसुनलाई मूख्य रुपमा प्रभाव पार्ने एलनिनोको अवस्था कमजोर हुँदै गएको र लानिनोको अवस्था बलियो भएकाले मनसुनको अन्त्यतिर झन् बढी वर्षा हुने मौसमविद्को निष्कर्ष छ ।

नेपालमा वर्षभरिमा हुने कुल वर्षाको ८० प्रतिशत वर्षा मनसुनका चार महिनामा हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१