इलाममा बाँस्केटबल प्रशिक्षण सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार १९:२४

schoolनमिन ढकाल/ इलाम,९ साउन । जिल्लाका बाँस्केटबल खेलाडीहरुलाई संगठित गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ आजबाट इलाममा आधारभुत बास्केटबल प्रशिक्षण सुरु भएको छ । बाँस्केटबल इलामको आयोजनामा महेन्द्र रत्न बहुमुखी क्याम्पसको कोटमा सुरु भएको प्रशिक्षणमा जिल्लाका ३० भन्दा बढी बास्केटबलमा रुची राख्ने विद्यालयका खेलाडीहरुको सहभागीता रहेको छ । पाँचौ राष्ट्रिय खेलकुदपछि सेलाउँदै गएको इलामको बाँस्केटबललाई पुन व्युताउनका लागी प्रशिक्षण कार्यक्रम आयोजना गरेको आयोजक समितीका सदस्य रोहन आर्चायले बताए । खेलाडीहरुलाई आजबाट बास्केटबल संघका पुर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङले प्रशिक्षण दिइरहनुभएको छ । १५ दिनसम्म चल्ने प्रशिक्षणबाट सातौ राष्ट्रिय खेलकुदमा इलामबाट बास्केटबलमा प्रतिनिधित्व गराउने लक्ष्य रहेको आयोजक समितीले जनाएको छ । इलामका अग्रज बाँस्केटबल खेलाडी मदन खड्काको अध्यक्षतामा भएको समुदघाटन समारोहका प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष जितबहादुर राई रहनुभएको थियो । कार्यक्रममा जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सन्तोष भक्तराज, इलाम एफएमका स्टेशन मेनेजर हेमराज ढकाल, ब्लाष्ट टाइम्स दैनिकका सम्पादक योगेशबाबु काफले, युएसए अनलाइन टिभीका सम्पादक कृष्ण खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई रोहन आर्चायले संचालन गरेका थिए । इलाममा हाल बाँस्केटबल खेल्ने गरिएपनि आधिकारिक रुपमा जिल्ला बास्केटबल संघ गठन भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१