पानी पिउनुभन्दा पानी खानु फाइदाजनक, के फरक छ खानु र पिउनुमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार १६:४५

fruit-waterचिकित्सा क्षेत्रका जानकारहरु भन्छन्, ‘पानी पिउनुभन्दा पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । सायद अचम्ममा पर्नु भयो होला पानी पिउनु र पानी खानुमा के फरक छ रु भनेर । तर, यसमा फरक छ ।

पानी पिउने तरिका त हामी सबैलाई थाहा नै छ । पानी खाने कसरी त रु आउनुस्, हामी तरिका सिकाउँछौँ ।

पानी खानु भनेको भरपूरमात्रामा पानी पाइनले फलफूल तथा तरकारीहरु खानु हो । यसले हामीलाई निकै फाइदा पुर्‍याउने जानकारहरु बताउँछन् ।

ाचगष्त(धबतभच

तपाईंले हातमा पानीको बोत्तल नछुटाउने मानिस पनि देख्नुभएको होला । थोरै(थोरै पानी पिइरहेका भेटिन्छन् । कोही मानिस भने एकैपटकमा दुई तीन गिलाससम्म पानी पिइरहेका भेटिन्छन् । कसैले चिन्ता गरिरहेका हुन्छन् कि पानी पिउनै मन लाग्दैन भनेर ।

यी यस्ता मानिसहरुको भीड हो जसले दैनिक ८–१० गिलास पानी पिउनुपर्छ भनेर पढेका हुन्छन् । तर हामीमध्ये धेरैलाई यो थाहा छैन कि पानी पिउनुभन्दा पानी खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक र जरुरी छ ।

हामीले पिएको पानी हाम्रो कोषिकाहरुसम्म पुगोस् भन्ने हाम्रो चाहना हुन्छ । तर जब हामी मात्रै पिउँछौं, त्यसको अधिक मात्रा केही समयमै पिसाब बनेर बाहिर जान्छ ।

वैज्ञानिकहरु भन्छन्, ‘शरीरलाई हाइड्रेट राख्ने सबैभन्दा राम्रो तरिका भनेको फलफूल वा सागसब्जी खानु हो । फलफूल खाँदा निस्कने पानी सिधै पिउने पानीभन्दा धेरै समयसम्म शरीरमा रोकिन्छ र शरीरको लागि काम गर्छ । जस्तो कि काँक्रोको कुरा गरौं, त्यसमा करिब ९० प्रतिशत पानी हुन्छ । काँक्रो खाँदा त्यसमा पाइने पोषक तत्व त पाइन्छ नै साथै शरीरको लागि पानी पनि मिल्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियामा एसोसियट क्लिनिक प्रोफेसर इन मेडिसिन, डा। हार्वाड मुरादका अनुसार हाइड्रेशनको मतवल हुन्छ पानीको मात्रा शरीरमा रोकिएर रहनु न कि पिएर सिधा बाहिर निस्कनु ।

उनी भन्छन्, पानी पिउनु गलत होइन तर त्यो शरीरको लागि उपयोगी हुनु पर्छ । पिएपछि पिसाबको रुपमा सिधै शौचालयमा पुग्ने पानीले खाएको पानीलेभन्दा बढी फाइदा दिन सक्दैन ।

तपाईं आठ गिलास पानी पिउन सक्नुहुन्छ । शरीरमा पानीको मात्रा पुर्‍याउने यो एउटा बाटो हो । तर यसको अर्थ हो, तपाईं शौचालयसम्म आठ पटकसम्म पुग्नु । यसले तपाईंको शरीरलाई कति मात्रामा सहयोग पुर्‍याइरहेको हुन्छ, त्यो पक्षबाट कहिल्यै सोच्नुभएको छ रु डाक्टर मुराद भन्छन्, ‘जब हामी पानीको मात्रा भरिएको भोजन गर्छौं, यसबाट शरीरले आवश्यक मात्रामा पानी लिन सक्छ ।’

दिनभरीमा हामी जति पानी पिउँछौं त्यसको एक चौथाई हिस्सा खानेकुराबाट आउँछ । यद्यपि हामीले खाने हरेक खानामा केही न केही पानी त हुन्छ नै । तर जति बढी पानीको मात्रा भएको खानेकुरामा जोड दिन्छौं, त्यति नै शरीरुको लागि फाइदाजनक हुन्छ । फलफूल र सागसब्जीमा पानीको सबैभन्दा धेरै मात्रा हुन्छ । एकपटक फलफलूल र सागसब्जी एक गिलास पानी पिउनुजत्ति नै फाइदाजनक हुन्छ ।

यसलाई सजिलोसँग यसरी बुझ्न सकिन्छ, ‘यदि कचौरामा माथिबाट एक बाल्टी पानी खन्यायो भने कचौरा कहिले पनि भरिँदैन । तर बिस्तारै पानी हालियो भने कचौरामा पानी भरिन्छ ।’ हाम्रो शरीरमा पनि यस्तै हुन्छ ।

हामी धेरै पानी पिएर सन्तोष त लिन सक्छौं तर शरीरको आवश्यकता पूरा गर्न सक्दैनौं । त्यसकारण अबबाटै पानी खान थाल्ने होइन त ? साभार – साझा पोस्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१