पुराना एन्ड्रोइड र विन्डोज स्मार्टफोनमा स्काइप नचल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार १५:१२

skय्पेकाठमाडौँ  ।  पुराना एन्ड्रोइड र विन्डोज स्मार्टफोनमा स्काइप अब बन्द हुने भएको छ। माइक्रोसफ्टको स्वामित्वको कम्पनी स्काइपले अक्टोबर २०१६ सम्ममा पुराना एन्ड्रोइड र विन्डोज स्मार्टफोनमा काम नगर्ने घोषणा गरेको हो।  कम्पनीका अनुसार स्काइपको ६।२ संस्करण चलाउन एन्ड्रोइड फोनमा कम्तीमा ४।०।३ वा सोभन्दा माथिको संस्करण हुन पर्नेछ।

एन्ड्रोइड २।३ वा सोभन्दा माथिको ओएस चलाइरहेकामा भने स्काइप ४ संस्करण मात्र चल्नेछ।  यसबाहेक जो प्रयोगकर्ताले विन्डोज ८ वा पुरानो संस्करण चलाइरहेका छन्, उनीहरुले स्काइपको नयाँ संस्करण प्रयोग गर्न पाउने छैनन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१