बीपी प्रतिष्ठान हंगकंगले बीपीको ३४ औं स्मृति दिवश बिबिध कार्यक्रमका साथ मनायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार ११:०७

bpबीपी प्रतिष्ठान हंगकंगको आयोजनामा महामानव स्व. विश्वेश्वर प्रसाद कोइरालाको ३४ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ।प्रतिष्ठानका अध्यक्ष कुल प्रसाद गुरुङ्गको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता, स्याङ्जा क्षेत्र नं ३ का क्षेत्रीय सभापति तथा जनसम्पर्क समिति हंगकंगका पुर्ब सभापति ईश्वर खाँड साथै बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा हंगकंग स्थित बिभिन्न बुद्धिजीवी तथा सामाजिक संघ संस्थाका ब्यक्तित्वहरूले बिपीको राजनैतिक, साहित्यिक र दार्शनिक चिन्तनका बारे बोलेका थिए।कार्यक्रममा प्रमुख अतिथि ईश्वर खाँड तथा हंगकंग सरकारबाट सम्मान प्राप्त गरेकी हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरुङलाई खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा समालोचक राज कुमार राईले बिपीको बहुमुखी आयाम बारे चर्चा गर्दै उनी माथि ५० भन्दा माथि विद्यार्थीले विद्याबारिधि गरिसकेको सन्दर्भमा कांग्रेस भित्रै बाट भने उचित प्रचार नभएको बताए।यसपछि मोति चामलिंग , बज्र थुलुंग राई आदि साहित्यिक अनुरागीहरुले बिपीको समाजबादबारे चर्चा गर्दै कविता वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ईश्वर खाँडले बिपीको दर्शन बारे संक्षिप्त चर्चा गर्दै उनको सपना पुरा गर्न सम्पूर्ण कांग्रेसी एक जुट भई लाग्नु पर्ने बताए।अन्त्यमा कार्यक्रमका सभापति कुल प्रसाद गुरूङले बीपी कोईरालाले राजनितिक पृष्ठ भूमिमा देश पार्टी र जनताका लागि दिनु भएको योग्दानका बारेमा दिलै खोलेर मन्तव्य राख्नु भएको थियो।यस कार्यक्रममा बारेमा नेपाली जनसम्पर्क समितिका कोषाध्यक्ष एवं बीपी प्रतिष्ठानका सदस्य ताहिर खानसंग जिज्ञासा राख्दा कार्यक्रम एकदमै उत्साह जनक उपस्थितिका साथ सफल रूपमा समापन भएको जानकारी गराउनु भयो।कार्यक्रम संचालन नबिन सुहांगले गर्नु भएको थिए।bp samman

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१