स्मार्टफोन ह्याङ भइरहन्छ ? यसो गर्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार ०६:०१

ह्यंगकतिपय स्मार्टफोनमा पुरानै अपरेटिङ सिस्टम अहिलेसम्म पनि प्रयोग हुने गरेको छ। जैलिबीनदेखि किटकैट, लोलिपप, मार्शमैलो विकसित हुँदै गएका अपरेटिङ सिस्टम हुन्। अपरेटिङ सिस्टम अपडेट हुन केही समय लाग्दा स्मार्टफोन स्लो हुन जान्छ।

त्यस्तै स्मार्टफोनको र्यामको क्षमता कम र अत्याधिक एप मोबाइलमा छ भने पनि ह्याङ हुने समस्याहरु आइरहन्छ। त्यसैले र्यामको क्षमताअनुसार सकेसम्म कम एपहरु मोबाइलमा राख्ने गर्दा ह्याङ हुने समस्या केही हदसम्म हट्छ।

एप्सको प्रयोग भइसकेपछि त्यो ‘ब्याक’मा मिनिमाइज भइरहेको हुन्छ। तसर्थ यसले र्यामको स्पेस लिइरहेको हुन्छ। यसका लागि नेभिगेसन कीको मद्दतबाट एप्स प्रयोग गरेपछि बन्द गर्नुहोस्।

अथवा केही बेर स्कृनमा टैब गरेपछि खोलिएका एप्सको लिस्ट आउँछ। ति आएका लिस्ट नचाहिने भएमा बन्द गर्नुहोस्। इन्टरनेटबाट बढी मात्रामा सर्च वा डाउनलोड गर्ने काम नगर्नुहोस्।

यसले आन्तरिक क्षमताको स्पेस बढी लिन्छ। आन्तरिक क्षमता कम हुँदा मोबाइल ह्याङ हुन सक्छ। आफूले चाहेको एप डाउनलोड गर्दा अन्य एप पनि डाउनलोड हुन सक्छ। तसर्थ यसका लागि क्लिनर एपको प्रयोग गरी स्मार्टफोनबाट अनावश्यक डाउनलोड भएका एप हटाउन सकिन्छ वा एन्टिभाइरस छ भने अनावश्यक एप आफै पनि क्लियर हुन्छ।

फोनको आन्तरिक क्षमताको स्पेस चेक गर्नुहोस् । यदि स्पेस कम छ भने सेटिङमार्फत फोनबाट डाटाहरु मेमोरी कार्डमा सार्नुहोस्। कतिपयले मोबाइल ह्याङ हुँदा ब्याट्री, मेमोरी तथा सिमकार्ड झिकेर पुनः हाल्ने गर्दछन्। यसले कुनै समाधान दिँदैन।

कतिपयले मोबाइलमा यस्ता एप राखेका हुन्छन्, जुन कहिल्लै प्रयोग गरिँदैन ति एप अनस्टल गर्नुहोस्। अनस्टल नभएमा वा सेटिङ मिलाउन नजानेमा सम्वन्धित मोबाइल सर्भिस सेन्टरमा गई सेवा लिने गर्नुहोस्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१