नेपाली जनसम्पर्क समिति नर्वे द्वारा ३४ औं बीपी स्मृति दिवश कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७३, आईतवार ०५:४९

nepali janasamparka  देबेन्द्र केसी, नर्वे। नेपाली जनसम्पर्क समिति नर्बेद्वारा नर्बे ओस्लोको लोरेनमा आयोजना गरिएको महा-मानव विपि कोईरालाको ३४ स्मृति दिवस नेपाली जनसम्पर्क समिति नर्बेका अध्यक्ष श्री जिवन बहादुर साहीको सभापतित्वमा भब्य समरोहका बिच सम्पन्न भयो।कार्यक्रमको प्रमुख अतिथिका रुपमा श्री लालगोपाल अर्यालको उपस्थिति रहयो भने नर्बेका बिभिन्न ठाउँबाट पनि कार्यक्रममा सहभगिता रहेकाले कार्यक्रम रोचक रहेको जनसम्पर्क समितिले जनाएको छ। कार्यक्रममा नेजस नर्बेका बरिष्ट उपाध्यक्ष श्री जितेन्द्र बिक्रम साहीले बिपि कोईरालाका महत्वपूर्ण समयका घटना सम्झदै श्रद्धा सुमन ब्यक्त गर्नुभयो। कार्यक्रममा नेजस नर्बेका बरिष्ट महामन्त्री श्री सुदीपराज पाण्डेले बिपिका योगदानको चर्चा गर्दै, उहाले मार्गदर्शन गर्नुभ-एको समाजबाद मार्फत पार्टीको र सम्पुर्ण देशको भलाई हुने हुनाले त्यस तर्फ अग्रसर हुन सम्पुर्ण नेता कार्यकर्ता हरुको ध्यनाकर्षण गराउनु भयो। कार्यक्रमका प्रमुख आतिथि अर्यालले युरोपको यस मुलुकमा आएर पनि देश र जनताको चिन्ता गर्दै बिपिलाई सम्झनु सरहानिय कार्य भएको बताउनु भयो भने सभापति साहीले बिपिले कल्पना गरेको प्रजातान्त्रिक समाजबादको सहि प्रयोग नर्बे जस्तो मुलुकमा भईरहेको र यहाको अनुभव नेपालमा निरन्तर नेजस नर्बेले बेला बेलामा अवगत गराएको बताउनु भयो। कार्यक्रमको सोभा बढाउदै बोदो नर्बेबाट कार्यक्रममा पाल्नु भएकी साहित्यकार बिष्णुमाया बिभुले बिपिको योगदानको चर्चा गर्दै मार्मिक कबिता रचना गर्दै सुनाउनु भयो। कार्यक्रममा महेश राज बडु, सालिग्राम आर्याल, रमदेबि आर्याल, सन्तोष उप्रेति, गणेश कुमार उपाध्याय, बिष्णु गौतमले बिपिको चिन्तनको प्रसंशा गर्दै नेपाली राजनितिलाई सहि बाटोमा लान बिपि दर्शन अझै सान्दर्भिक भएको बताउनु भयो। कार्यक्रममा नेपाली काँग्रेस पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेल र सांसद तथा नेपाली काँग्रेस स्याङजा जिल्ला पार्टी सभापति कमल पङगेनीले टेलिफोनबाट सुभकामना ब्यक्त गर्नुभयो। नेजस नर्बेका नेता देवेन्द्र केसीले सुभकामना ब्यक्त गर्दै सन्देश पठाउनु भएको थियो।कार्यक्रमको ब्यबस्थापन नेजस सल्लाहकार मोहन प्रसाद बस्यालले गर्नुभयो र संचालन भने नेजस नर्बेका सह महामन्त्री मधु सुदन पौडेलले गर्नु भएको थियो।nepali

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१