देशको फिक्रिगर्दै जिग्री, यसरी सुरु गर्दैैछन् न्युट्रल जनताअभियान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७३, शनिबार १९:५४

jhikriहाँस्यकलाकार कुमार कट्टेलले न्युट्रल जनताअभियानथाल्ने भएका छन् । कुनै दलवापार्टीको पक्षमानभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन् । राजनितिको फोहोरी खेलले देश झनै बिग्रदै गएकाले अबविकासकालागिदलगत रुपमानभई स्वतन्त्रनागरिकको रुपमा एक हुनउनले एक लेखमार्फत आग्रह गरेकाहुन् । यस्तो छ, उनले जनतामा गरेको अपिल ।

हामीजनता कस्तो भने चुनावआएको बेलामा मेरो पार्टी यस्तो, मेरो नेता यस्तो भनेर तीन फिटमाथि उचालिन्छौं । नेता र पार्टीकालागि घरपरिवार सबै बिर्सिन्छौं । अनि तेरो पार्टीभन्दा मेरो पार्टी ठिक, तेरो नेताभन्दा मेरो नेता ठिक भनेर एक अर्काको टाउको फोर्छौं ।
जब चुनावजितेर नेता जान्छन् आफ्नो गाउँमाविकास हुँदैन र हुनलागेपनिविभिन्नअवरोध खडा पर्छन् । सोचेजस्तो हिसाबले देश पनि अघि बढ्दैन, नेताले दिएको आश्वासनहरु पनि पूरा हुँदैनन् । अनितिनै एकअर्काको टाउको फुटाउने हामीजनताचोकको चियापसलमाजम्मा हुन्छौं, अनि ‘अनेक थरीकागफनिकालेर कुरा काट्न थाल्छौं ।’
वास्तवमा नेताको राजनीतिले भन्दाहामीजनता–जनताबीचको राजनीतिले गर्दा हाम्रो देश नेपाल यो अवस्थामाआइपुगेको हो । हामीखाली यो नेता त खत्रै हो, भाषण त बबालै दियो भन्ने गर्छौं । अनिचुनावमा नेताआउँदाशिर निहुराएर हजुर भन्दै आउँछन्, भोट माग्छौं, जिताएर पठाउँछौं र चुनावपछि नेताले सिन्को केहीनभाँचेपछि चियापसलमात्यही नेताको कुरा काट्नमामात्र सीमित रह्यौं ।
हिजो राजनीतिले भविष्यमा सबथोक दिन्छ, विकास दिन्छ, भविष्य दिन्छ भनेर राजनीतिमाहोमिएकाहाम्रो बुवाआमाहरुको आज कसैको छोरो छैन, कसैको छोरालाई विदेश पुर्याएको छ भने कसैको छोरालाई देशमै बेरोजगार बनाइदिएको छ ।
५० औं वर्ष राजनीतिमाबिताएकाहाम्रापुर्खाहरुको उपलब्धीयहीहो ?पुर्खाहरुले सोचेको विकसित नेपालयहीहो ?अनिहाम्रापुर्खाहरुले देख्न नपाएको नयाँ र विकसित नेपालहाम्रो पुस्ताले पनि देख्न नपाएहामी के गर्ने, यो बारेमापनिहामी सबैले मननगर्ने कि?

त्यसैले अब नेता र पार्टीको नाममाविद्यार्थी–विद्यार्थीबीच झगडा हैन, मजदुर–मजदुरबीच झगडा हैन, युवा–युवाबीच झगडा हैन, हामी नेपाली–नेपालीबीच झगडा हैन, हामी सबै नेपाली एक हौं र सुरु गरौं यो फोहोरी राजनीति खेलविरुद्वजनताको आन्दोलन ।
अबहामी सबै मिलेर यस्तो आन्दोलन गरौं जसले भाषण र विनाश हैन काम र विकास मागोस् र त्यो हो नेता र राजनीतिविरुद्वविकासको आन्दोलन ।देशविकासको लागि स्वतन्त्रयुवाको खाँचो छ । त्यसैले सबै पार्टी नेता त्यागेर आउनुस् छलफल गरौं र मागौं विकास, अनि सुरु गरौंविनाशको आन्दोलन ।स्वतन्त्रभएर काम गरे के हुन्न?धुर्मुस–सुन्तलीबाट सिकौं, त्यसैले बेलाआएको छ, ढिलो नगरी सुरु गरौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१