करोडौको सुन तस्करलाई भन्दा गरीव मजदुरलाई चाहि भन्सार नियममा कडाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७३, शनिबार १३:३६

karnaकर्ण बहादुर अधिकारी, मकाउ चीन। ओली सरकारले श्रावण महिनाबाट लागु गरेको बिदेशीएका नेपालीहरूका लागि नयाँ भन्सार नियमले लाखौ लाख बिदेशीएका नेपाली नागरीक र उनीहरूमा आश्रित परिवारका सदस्यहरूको मन कट्क्कै काटिएको छ।बिदेशीनु रहर थिएन बाधियता थियो त्यस माथि पनि गरीबीको चपेटा र नेपालको राजनिति अस्थिरताका गर्दा पीडित बनेर बिदेशीएका नेपाली नागरीकलाई यो नयाँ नियमले न्याय भने पटक्कै गरेन। त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थल स्थित भन्सारबाट बिगतका दिनहरूमा कयौ प्रकारका भ्रष्ट्राचारहरू भए सेटिङ मिलाई मिलाई तस्करहरूलाई साथ दिएर सामान ओसार पसार गरे तर आज ती २/४ पैसा कमाउनका लागि बिदेशीएका बर्षौ सम्म बिदेशी भूमिमा अरूको गुलाम बनी परिबारका सदस्यहरूको दैनिक गुजारा चलाउने साथै परिबारका खुशीका लागि २/४ वटा घडी,१/२ वटा मोबाईल सेट साथै केहि मात्रामा काच्चो अथवा बनेकै सुनका गरगहना ल्याउदा सामान जफत गर्ने देखि लिएर जेल सम्म हाल्ने कस्तो नियम हो। नेपाल सरकार यदि सक्छौ भने ठूला ठूला ब्यपार ब्यबशाय साथै करोडौको सुन तस्कर गर्ने हरूलाई कडा नियममा बाधेर कानुनी दायरामा ल्याउ हैन भने यी सोझा साजा बिदेशमा काम गर्न गएका नेपाली माथि लगाएका भन्सार सम्बन्धि नियमहरूलाई पुनर्बिचार गर।यस्ता नियमले पक्कै पनि ती गरीव जनताको मन दुख्ने छ।बिदेशीएका नेपालीको रेमिट्यान्सले चलेको देश नेपाल अनि नेपालको बर्तमान अबस्था बारे एक पटक सोचौ त । अस्थि भरखरैको कुरा हो कतारबाट मजदुरी गरेर लगभग ३ तोला काच्चो सुन नेपाल ल्याउदै गरेका तराई बासी दाजुभाईलाई नेपाल सरकारको भन्सार कार्यालयले सुन जफत गर्नुका साथै प्रहरी चौकीमा लगेर थुन्ने सम्मका काम गरे भने चौकीबाट छुट्नका लागि १लाख ३५ हजार धरौटी बुझाउनु पर्यो अब तपाई नै भन्नु होस कतारमा काम गर्ने मजदुरको मासिक तलब कति छ अनि नेपाल सरकारले गर्ने कार्बाही यहि हो त ?कति साथीहरू बिदेश नै भए पनि यो नयाँ नियमबाट जानकार छैनन अझै संचारको पहुँच भन्दा बाहिर छन।उनी हरूलाई जानकारी पनि नभएको हुन सक्छ तसर्थ सरकारले यस बिषयमा मनन गर्नु पर्ने होईन र ?bhansar

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१