रक्सी मागेर खाइसकेपछि उल्टै मध्यरातमा बलात्कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७३, शनिबार १३:४०

बलात्कारकाठमाडौं । आफूमाथि बलात्कार गरी फरार रहेका पीडकको खोजीमा नुवाकोट पीपलटारकी हरिमाया तामाङ ९नाम परिवर्तन० काठमाडौं आएकी थिइन् ।

पीडकहरुले पैसा र पावरको पटकपटकको धम्कीले विचलित नभई छोराछोरी घरमै छाडी आफू यहाँ आएको तामाङले बताइन् ।

तामाङले पतिसँग सम्बन्ध विच्छेद गरेको ६ वर्ष भइसक्यो । आफ्नो गुजारा चलाउन उनी नुवाकोटकै विदुर नगरपालिकामा होटेल संचालन गरेर बसेकी थिइन् ।

घटना चार दिन अगाडिको हो । दिनभर सिमसिम पानीमा रुझ्दै खेतमा काम गरेर थाकेकी तामाङले गाउँमै काटेको बोकाको मासु पकाइरहेकी थिइन् ।

होटेलकै कोठामा पकाएर खाने गरेकाले उनले सटर आधा लगाएर मासु पकाउँदै थिइन् । यत्तिकैमा कस्तो मिठो बास्ना आयो भन्दै रक्सीले मात्तिएका तीनजना पुरुष उनको पसलमा छिरे ।

आज पसल खोलेको छैन भनेपछि पनि उनीहरु जिद्दी गर्दै भोड्का, बियरलगायतका मादक पदार्थ मगाएर खाए ।

उनले आफ्नो साथीसँग मिलेर होटेलसँगै गेष्ट हाउस संचालन गरे पनि केही समयता साथी बाहिर गएकाले गेष्ट हाउस बन्द थियो ।

मात्तिएका ति पुरुषले आज हामी यहीँ बस्छौं भन्दा उनले अहिले गेष्ट हाउस नचलाएकोले आफ्नो हिसाब चुक्ता गरेर जाने बताइन् ।

तर, उनीहरुले कोठा देखा नत्र यही मारिदिन्छु भन्दै सटर ढ्याप्प बन्द गरिदिए । चार सन्तानमध्ये दुईजना मलेसियामा वैदेशिक रोगजारीमा गएका छन् भने अर्को एउटा छोरीलाई होस्टेलमै राखेर पढाईरहेकी छिन् ।

अरुले फालेका बच्चालाई ल्याएर पढाइरहेकी छिन् । अरुले फालेका बच्चालाई ल्याएर छोरी बनाएकी छिन् ।

तिनै सात वर्षीया बालिका मात्रै थिइन् उनीसँगै । उनलाई जबरजस्ती समातेर कोठामा थुनेपछि ती पुरुषले तामाङलाई कोठा देखाउन लैजान बाध्य बनाए ।

भर्याङमा आधा जतिमाथि प्गपछि लछारपछार गर्दै कोठामा लगेर थुनेर उनीमाथि तिनैजनाले रातको १२ बजेसम्म सामूहिक बलात्कार गरिरहे ।

मेरो पैसा पनि चाहिँदैन मलाई जान दे भनेर धेरै रोइकराई गर्दा पनि उनलाई चुप लागेर बस नत्र मारिदिन्छु भन्र्दै अत्याचार गरिरहे । उनीहरु निदाएपछि बल्लतल्ल उनी त्यहाँबाट फुत्किइन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१