अचम्मका मानिस, ८० वर्षमा ३० जस्ता देखिन्छन् यहाँका महिला (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७३, शनिबार १३:३२

पाकिस्तानका हुंजा समुदायका महिलाहरु ८० वर्ष पार भएपनि ३० –४० वर्षका जस्ता देखिन्छन् । यो समुदाय उत्तरी पाकिस्तानको कराकोरम पहाडमा बस्ने गर्दछन् जहाँ मानिसहरुको औसत आयु १२० वर्ष हो ।

a8_1468932253यहाँका मानिसका विशेषताः
– यस समूदायका मानिसहरु शारिरिक र मानसिक रुपमा बलिया हुन्छन् ।
– यहाँका महिलाहरु पाका भएपनि उनीहरु जवान देखिन्छन् भने पुरुषहरु ९० वर्षमा पनि बुवा बन्न सक्छन् ।
– उनीहरुको जीवनशैली नै उनीहरुको लामो आयुको कारण हो । बिहान पाँच बजे उठिसक्ने यहाँका मानिसहरु धेरैभन्दा धेरै हिँड्ने गर्दछन् ।
– यहाँका मानिसहरुले दिनको दुई पटक मात्र खाना खाने बताइन्छ । पहिलो पटकको खाना उनीहरु दिनको १२ बजे खाने गर्दछन् भने बेलुका आफ्नो काम सिद्धिएपछि ।
– उनीहरुको खाना पूर्ण रुपमा प्राकृतिक हुन्छ । यसमा कुनै प्रकारको औषधी र केमिकलको प्रयोग गरिएको हुँदैन ।
– उनीहरुले आफ्नै बारीमा आफूलाई चाहिने सामग्रीको उत्पादन गर्दछन् । आफूले गरेको खेतीमा किटाणु मार्ने औषधी प्रयोग गर्न मनाही छ ।
– उनीहरु विशेष रुपमा जौ, गौंलगायतका खानेकुरा खान्छन् । यसका साथै आलू, मटर, शलगम, दुधजस्ता खानेकुराहरु पनि प्रशस्त मात्रामा खाने गर्दछन् ।
– यो समूदायले मासुको प्रयोग निकै कम गर्छ । उनीहरु विशेष अवसरमा मात्र मासु पकाउने गर्दछन् । मासुको टुक्रालाई पनि निकै सानो बनाउने गर्दछन् ।
– यस्तो जीवनशैलीका कारण उनीहरुलाई क्यान्सरजस्ता रोग लाग्दैन ।

a1_1468930516अलेक्जेन्डर द ग्रेटको सेनाको वंशजः
– यो समूदायका मानिसहरुलाई बुरुशो पनि भनिन्छ । उनीहरुको भाषलाई बुरुशास्की ।
– यो समूदाय अलेक्जेन्डर द ग्रेटको बंशज भएको बताइन्छ ।
– यो समूदाय पूर्ण रुपमा मुस्लिम हो ।
– यो समूदाय पाकिस्तानको अरु समूदायभन्दा धेरै नै शिक्षित छन् ।
– हुंजा घाटीमा यसको जनसंख्या करिब ८७ हजार छ ।

a4_1468932252पर्यटकीय गन्तव्य हो हुंजा भ्यालीः
– हुंगा भ्याली पाकिस्तानको सबैभन्दा मनपराइएको पर्यटकीय गन्तव्य मध्येको एक हो ।
– संसारभरका मानिसहरु यहाँको पहाडको लुकेको सौन्दर्य हेर्न आउँछन् ।
– यो समूदायमा धेरै मानिसहरुले थुप्रै किताब लेखिसकेका छन् ।
– यसमध्ये जेआइ रोडालको ‘द हेल्दी हुंजास’ र डा. जो क्लार्कको ‘द लष्ट किंगडम अफ द हिमालयज’ चर्चित छन् ।

a7_1468932253 a6_1468932252 a10_1468932254 a9_1468932253 a2_1468931189

साभार – रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१