दुवै मृगौला फेल भएका उमेश श्रेष्ठले गरे सहयोगको आग्रह(मेडिकल रिपोर्ट सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७१, आईतवार ०६:४४

योगी योगेन्द्र/संखुवासभा,२२ असार । संखुवासभा जिल्लाको धुपू गा.बि.स वार्ड न:१ बस्ने बर्ष २५ को उमेश श्रेष्ठको दुवै मृगौला फेल भएको छ । उहासग २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । पेटबाट गर्ने डायलाइसिस (CAPD) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ ।1604839_1423233567942472_747996193507908804_n (1) 10509685_1436043160004876_5607571125964101793_n (1) प्रति महिना (२००००-३०००० सम्म खर्च लग्न जान्छ । एक पटक फिस्टुलाबाट गरिने डायलाइसिस शुल्क रु.२००० रुपैया पर्छ । जुन जिन्दगी भरि वा मृगौला प्रत्यारोपण नगरेसम्म हप्ताको दुई पटक गर्नु पर्छ । राम्रो स्तरीय डायलाइसिस गर्नको लागि ह्पताको रु.२००० रुपैया पर्ने सुई (EPO) वा रगत आवश्कता अनुसार दिनु पर्ने हुन्छ । यी खर्च बाहेक बिरामीले लिने दैनिक औषधिहरु,आउनेजाने भाडा र खानको लागि छुट्टै खर्च लाग्ने छ । नेपालमा प्रत्यारोपण गरे नेपाली रुपैया ३५०००० (तीन लाख पचास हजार) र अन्य कारणले भारतको ठुलो अस्पतालमा वा केन्द्रमा गएर मृगौला प्रत्यारोपण गर्नको लागि करिब रु. (चार लाख देखि आठ लाख) सम्म भारतीय रुपैया जति खर्च हुन्छ आउछ । प्रत्यारोपण पछि पनि उहालाई जिबनभर औषधि खानुपर्ने हुन्छ । जुन महिनाको करिब रु.१५००० नेपाली रुपैया लग्छ । कुन केन्द्रमा प्रत्यारोपणका लागि जाने हो कसले मृगौला दान दिने हो र कति समय सम्म प्रत्यारोपणको लागि जाने हो यसरी डायलाइसिस र प्रत्यारोपण गर्नको लागि देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई  जिबन जोगाउने अभियानमा सबैले सहयोग गरिदिनु हुन निज उमेश श्रेष्ठले अनुरोध गर्नु भएको छ । (सहयोग गर्न चहानु हुने देश विदेश बस्नु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुले यो नम्बरमा सम्पर्क गर्नु होला फोन न:+९७७९८६२०६६९३९)

प्रतिक्रिया