रजनी साउथमा सर्वाधिक महँगा: यी हुन् धेरै पारिश्रमिक लिने ११ अभिनेता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७३, शुक्रबार ०५:५५

८ देखी ६० करोड भारू लिने गर्छन्

रजनीकान्तको बहुप्रतिक्षित फिल्म शुक्रबार रिलिज हुँदैछ। उनओ दक्षिण भारतका सर्वाधिक महङ्गा स्टार हुन्। उनले ‘कबाली’का लागि ४८-६० करोड भारूको बिचमा पारिश्रमिक बुझेको बताइन्छ। यस्तै उनले ‘रोबट’को दोस्रो श्रृखंलाका लागि ६० करोड भारू लिएको चर्चा चलेको छ। उनलाई एशियामा ज्याकी च्यानपछि सबैभन्दा बढि पारिश्रमिकका लिने अभिनेता मानिन्छन्। सर्वाधिक पारिश्रमिकका हिसाबले अन्य दक्षिण भारतिय स्टारको कमाइ पनि झण्डै बलिउड अभिनेतहरूको हाराहारीमा रहेको छ। त्यस्तै मोटो पारिश्रमिक कमाइ बुझ्ने दक्षिण भारतिय स्टारहरूको सूचि यस्तो छ:

१.      कमल हसन: श्रुति हसनका पिता एवम अभिनेता कमल हसनले प्रति फिल्म २५ देखी ३० करोडकोबिचमा पारिश्रमिक बुझ्ने गर्छन्।

२.      विजय: तमिल फिल्मका अभिनेता विजयले २५ करोड पारिश्रमिक लिन्छन्।

३.      अजित कुमार: उनले २० देखी २५ करोड भारू पारिश्रमिक लिने गर्छन्।

४.      प्रभास: बाहुबलीबाट संसारभर चर्चा बटुलेका तेलुगु फिल्मका स्टार प्रभासले प्रत्येक फिल्मबाट २० करोड लिन्छन्।

५.      पवन कल्याण: तेलेगु स्टार पवनको पारिश्रमिक १८ करोड भारू रहेको छ।

६.      सुर्या: उनले १८ करोड लिने गर्छन्।

७.      महेश बाबु: महेशबाबुको पारिश्रमिक १६ करोड रहेको छ।

८.      चियान विक्रम: ‘अपरिचित’ स्टारको पारिश्रमिक १२ करोड हो।

९.      राम चरण: उनले पनि १२ करोड भारू लिने गर्छन्।

१०.  एन टि आर जुनियर: उनले प्रति फिल्म १२ करोड पाउँछन्।

११.  अल्लु अर्जुन: पारिश्रमिक स्वरूप ८ करोड लिन्छन्। साभार – सेतोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१