काभ्रे,७ साउन । काभ्रेको तिमालस्थित नारायणस्थानमा समर मेडिकल क्याम्प सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको उक्त क्याम्पमा स्वदेशी तथा विदेशी डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको थियो । उक्त मेडिकल क्याम्पबाट स्थानीय र विद्यार्थीगरी करिब १५०० सय जनाले सेवा प्राप्त गरेका थिए । डब्लु डब्लु एस नेपाल नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष स्थानीय युवा समाजसेवी तथा व्यवसायी सत्यमान लामाले तिमाल क्षेत्रमा आगामी दिनमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गर्दैजाने बताए । लामाले तिमाल आफु जन्मेको ठाउ र पर्यटकीय आकर्षणको केन्द्र बिन्दुपनि रहेकोले यहाको बिकासमा सदैभ आफु लागिपर्ने बताएका थिए ।
प्रतिक्रिया