माथेमा आयोग खारेज गरी समावेशी आयोग बनाउछौंः स्वास्थ्य मन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७३, शुक्रबार ११:४८

mantriकाठमाण्डौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले माथेमा आयोगको पुनरगठन आवश्यक रहेको बताउनु भएको छ । बिगतको सरकारले गठन गरेको माथेमा आयोगनै अपारदर्शी र समावेशी नभएको भन्दै समावेशी आयोग गठन गर्ने बताउनु भयो ।

चिकित्साशास्त्र अध्ययनरत मधेसी विद्याथी समाजको अगुवाइमा गएको विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीले नयाँ समिति बनाउने पुर्ण समाबेशी मडिकल शिक्षामा आरक्षणको व्यवस्था सुनिश्चितता हुने प्रतिवद्धता जनाउनु भयो । उहाले जनता र निजी क्षेत्रलाइ बाहिर राखेर ल्याएको माथेमा प्रतिवेदन र त्यसबाट बनाएको विद्येक कुनैपनि हालतमा लागु नहुने स्पष्ट पार्नुभयो ।

ज्ञापन पत्र बुझाउदै विद्यार्थीहरुले माथेमा आयोगले विगतमा सरकारलाई बुझाएको प्रतिवेदन अपारदर्शी मडिकल शिक्षालाई धरासायी बनाउने किसिमको रहेको ठहर गरेको छ । स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिव डाक्टर सेनेन्द्रराज उप्रेति लाई तत्काल नयाँ आयोग गठन गर्न विद्यार्थीले माग गरेका छन् । समाजका अध्यक्ष डाक्टर विनय पञ्जियारले आफुहरुका माग पुरा गराउन टिचिङ् हस्पिटलमै आन्दोलनको तयारी थालेको बताउनु भयो । यदि केसीले भने अनुसार निर्णय गरे आफुहरु अजारौ बिद्यार्थी सडकमा निकालेर सेवा बन्द गर्दै दबाव दीने चेतावनी दिनु भयो । डाक्टर पञ्जियार विगतमा गोविन्द केसी अनसन बस्दा उनको सहयोग गर्ने र योजना बनाउने मध्येका एक प्रमुख व्यत्ति मानिन्छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१