दिमागको पावर तेज बनाउने १२ पेय पदार्थ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार १६:२३

दिमागको पावरदिमागको पावर बढाउनको खानासँगै पेय पदार्थ पनि उत्तिकै आवश्यक हुन्छ । नियमित फलफूलको जुस खाएमा स्मरण शक्ति तेज हुन्छ । पेय पदार्थ वा भनौं जुसमा हुने एन्टी–अक्सिडेन्ट्स र अन्य तत्वले ब्रेनाको विकास गर्छ र स्मरण शक्ति बढाउन सहयोग गर्छ । आज हामी १२ पिय पदार्थहरुका बारेमा चर्चा गर्दैछौँ जसको नियमित प्रयोगले बलबालिकादेखि बुढ्यौली उमेरसम्मकालाई फाइदा गर्छ र स्मरण शक्ति बढाउँछ ।

सुन्तालाको जुस
यसमा हुने फ्लेवोनाईड्सले दिमागलाई सक्रिय राख्न मद्दत गर्छ ।

स्याउको जुस
‘वन या्पल अ डे, किप्स डक्टर अवे’ अर्थात दिनमा एउटा स्याउ खादाँ स्वस्थ्य रहन सकिन्छ । स्याउको रसमा क्वर्सेटिनको मात्रा धेरै हुन्छ । जसले बढ्दो उमेरमा पनि स्मरण शक्ति तेज राख्न मद्दत गर्छ ।

अनारको जुस
यसमा एन्टी अक्सिडेन्ट्स हुन्छ । यसले मुटुरोग लाग्नबाट बचाउँछ । रोग प्रतिरोधक क्षमताको विकास गर्छ र दिमागलाई तेज बनाउन मद्दत गर्छ ।

रातो मूलाको जुस
यसलाई पिउनाले शरीरमा नाईट्रिक अक्साईडको मात्रा बढ्छ । यसले रक्त सञ्चारको गति बढाउँछ र ब्रेनको पावर बढ्छ ।

डार्क चकलेट शेक
यसमा फ्लेवोनाईड्स हुन्छ जसले ब्लड शर्कुलेशन राम्रो बनाउँछ । साथै, डार्क चकलेट शेकले हाम्रो दिमागलाई तेज बनाउन मद्दत गर्छ ।

टमाटरको जुस
यसमा एन्टी अक्सिडेनट्स, लाईकोपिन हुन्छ । हरेक दिन टमाटरको जुस खाएमा यसले मेमोरी तेज बनाउँछ । साथै, छालाको चमक पनि बढाउँछ ।

बदाम शेक
यसमा प्रोटिन, डोपोमाईन हुन्छ जसले ब्रेनला ई बुस्ट गर्छ । यसलाई पिउनाले ब्रेनको विकास हुन्छ । दिमाग चुस्त बन्छ ।

बेसार र दालचिनीको चिया
यसमा करक्युमिन र एन्टी अक्सिडेन्ट्स हुन्छ जसले दिमाग तेज बनाउनमा मद्दत गर्छ । साथै मेरोरी पनि बढाउँछ ।

कफी
यसमा भएको केफिनले ब्रेनका फोकस बढाउँछ ।

ग्रीन टि
अन्य चिया भन्दा ग्रीन टी आजकाल प्रायको खोजाइ बन्न थालेको छ । कारण, यसमा पोलीफेनाल्स हुन्छ । यसले पनि ब्रेनको शार्पनेस बढाउनमा मद्दत गर्छ ।

नरिवल पानीे
नरिवल पानीले शितलता मात्र दिंदैन । यसमा ईलेक्ट्रोलाईट्स हुन्छ, जसले रक्त सञ्चारमा मद्दत पुर्याउँछ । यसलाई पिउनाले दिमाग पनि तेज हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१