राजनीतिक तनावका कारण गोमेजले गरे टर्की छोड्ने निर्णय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार १६:१७

khelराजनीतिक तनावका कारण आफूले बेसिकाट्स क्लब छाड्ने निधो गरेको जर्मनीका स्ट्राइकर मारियो गोमेजले बताएका छन् । गोमेजको २६ गोलको सहयोगले गत सिजन बेसिकाट्सले सन् २००९ पछि टर्कीस च्याम्पियनसिपको उपाधि जितेको थियो । गोमेजले एक सिजन क्रण सम्झौतामा रहदै इटालीको फ्लोरेन्टिना क्लबबाट बेसिकाट्समा खेल्न गएका थिए।
गत सिजनको उत्कृष्ट प्रदर्शनका कारण टर्कीस क्लबले उनलाई यो सिजन पनि आफूसँगै राख्न इच्छा जनाएको थियो। गोमेजले बेसिकाट्स छाड्नुपर्ने एक मात्र कारण राजनीतिक परिस्थिति बताएका छन्। उनले केही समययता टर्कीमा बन्दै गएको खराब माहौलका कारण आफू यो निर्णयमा पुग्न बाध्य भएको बताएका छन्।
पाँच दिनअघि टर्कीमा असफल आर्मी ‘कू’ हुँदा गोमेज छुट्टी मनाउन त्यही थिए । उनले शान्तिपूर्ण ढंगले राजनीतिक उथलपुथल साम्य भएको खण्डमा फेरि बेसिकाट्समा फर्किएर खेल्न इच्छुक रहेको पनि बताए ।
उनले हिजै एउटा विज्ञप्ति सार्वजनिक गर्दै टर्कीमा रहँदा आफूलाई क्लब र राज्यले दिएको सम्मानप्रति धन्यवादज्ञापन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१