खुम्बु क्षेत्र जाने पदमार्गको स्थानीयले मर्मत गरी मार्ग खोले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७३, बिहीबार १६:२१

अविरल वर्षासँगै सोलुखुम्बुको पर्यटकीय क्षेत्र चौरीखर्क–४ स्थित सुर्केमा पहिरो जाँदा अवरुद्ध बनेको खुम्बु क्षेत्र जाने पदमार्गको स्थानीयले मर्मत गरी मार्ग खोलेका छन् ।

गत असार २३ गतेको पहिरोले पर्यटकीय गाउँ सुर्केमा पाँच घर पुरिएका थिए । पहिरोका कारण सुर्केको साथै नाक्चुङ गाउँ पनि समस्यामा रहेको छ ।
  १० दिन बित्दा समेत राज्यका कुनै पनि निकायले वास्ता नगरेपछि लुक्ला र सुर्केका बासिन्दाले बुधबार दिनभर खटेर अवरुद्ध बनेको मार्ग सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१