प्रवासी कलम मलेसियाको संयुक्त गजल सङ्रह “सामुन्द्रिक छल्का” को गजल छनोट सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७१, आईतवार ०५:५२

प्रदिप राई/ जुलाई ६  तारिक, क्वालालम्पुर मलेसिया । नेपाली साहित्यको उत्थान र विकाश को निमित्त मलेसियामा भर्खर गठन भएको नव गठित साहित्य संस्था ‘’प्रवासी कलम मलेसिया’’ ले प्रकाशन गर्न लागेको गजल संग्रह सामुन्द्रिक छल्काको गजल छनोट प्रकिया आज जुलाई ५ तारिक सम्पन्न भएका छन। छनोट सम्पन्न लगतै प्रवासी कलम मलेसियाका समितिले गजल छनोटमा परेका सर्जकहरुका नाम सार्बजनीक गरेका छन।samundrik 6alkaa जम्मा १२४ सर्जकहरुको गजल छनोट मा परेका प्रवासी कलम मलेसियाका सल्लाकार रुद्र बिबशले बताउनु भयो। छनोटमा पर्नु भएका सर्जकले यही आउदो अगस्ट ५ तारिक भित्रमा १०१ RM पठाई सक्नु पर्ने साथै मलेसिया बाहिरका सर्जकहरुले नेपालमा ३००० रुपया शुसिला राईको नाम मा IME बाट उदयपुर बेल्टारमा पठाउनु पर्ने समितीका अध्यक्ष दिपेन्द्र अश्रुमालि ले बताउनु भयो। हामी अब आर्थिक संकलनमा जुटने छौँ आर्थिक सन्कलन पस्छात चाडै पुस्तक प्रकाशन को काम सुरु गर्ने समितिका उपाध्यक्ष दान राई “झरी” ले बताउनु भयो। कहिले सम्ममा पुस्तक प्रकाशन हुन्छ त भन्ने हाम्रो प्रश्नमा संस्थाका सल्लाहकार रूद्र विवश भन्नु हुन्छ यो मिती मा भनि समय तोकिएको छैन, तर केही समय प्रतिक्षा गर्नुहोस छिट्टै प्रकाशन हुने बाताउनु हुन्छ। यो गजल संग्रह ले नेपाली साहित्य जगत मा केही नयाँ आयम थप्ने समितीले विश्वाश लिएको छ । नेपाली साहित्य उत्थान र विकाश को लागी एउटा इट्टा थप्ने प्रयास भएको र यो प्रयास ले नेपाली साहित्य इतिहाँसलाई झनै पृथक बनाउने छ र नयाँ सर्जक हरूलाई साहित्य सृजना मा अझ ससक्त भएर अगाडी बढ्न प्रेरणा दिने छ। काम को व्यस्तता को बाबजुत पनि आफ्नो अमुल्य समय निकालेर नेपाली साहित्यको उत्थान र विकाश को निम्ती कलम चलाइरहेका प्रवासी श्रमिकहरूको यो कदम निकै सहरानिय छ । यस्लाइ अझै विस्तार गरेर सम्पुर्ण युवाहरूलाइ समेट्दै अगाडी बढ्न यसरी नै सम्पुर्ण युवाहरू हातमा हात मिलाएर अगाडी बढ्न आवश्यक देखिएको समितिका सदस्य मनिष गाउलेले यसरी बताउनु भयो।

प्रतिक्रिया