संचारकर्मिका लागि सचेतीकरण कार्यक्रम शुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७३, बुधबार २०:२१

sancharkarmiसिन्धुली । सिन्धुलीमाढीमा आजदेखि उर्जाद्धारा महिला सशक्तिकरणका लागी संचारकर्मी सचेतीकरण कार्यक्रम शुरु भएको छ । ईर्नजिया ,सामुदायिक बिद्युत उपभोक्ता माहासंघ र बाताबरण पत्रकार समुह को आयोजना तथा सहयोगमा सन्चालित उक्त कार्यक्रममा उदयपुर र सिन्धुली जिल्लाका अनलाईन पत्रिका,पत्रिका र रेडियो तथा टेलिभिजनका गरी करिब दुई दर्जन पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वर्तमान अबस्थामा बैकल्पिक उर्जाको अबस्था र नेपालमा यसको प्रयोगको सम्भावना कस्तो रहेको छ ? उर्जा प्रयोगबाट महिलाहरुको आर्थिक सामाजिक र स्वास्थ्यको क्षेत्रमा कसरी सशक्तिकरण ल्याउन सकिन्छ ?,अनुसन्धानात्मक पत्रकारीता कसरी गर्ने ? भन्ने सन्दर्भमा छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार सहजमान श्रेष्ठ,दुर्गा कार्कि र इन्दिरा शाक्यले गर्नुभएको थियो ।
कार्यक्रम भोलिसम्म चल्ने आयोजकले जनाएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१