यसपटकको बालोन डि’ओर रोनाल्डोलाई : ड्रोग्बा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७३, बुधबार २०:०८

Galatasaray's Didier Drogba

काठमाडौं ।  डिडिएर ड्रोग्बाले क्रिस्टियानो रोनाल्डोले यसपटकको बालोन डि’ओरको उपाधि जित्नुपर्ने बताएका छन् । रियल म्याड्रिड र पोर्चुगलबाट सफलता हात परेका रोनाल्डोले चौंथो पटक उपाधि जित्नुपर्ने हकदार रहेको ड्रोग्बाले बताएका हुन् । ३१ वर्षीय स्टार फरवार्ड रोनोल्डोले रियल म्याड्रिडबाट दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिते भने पहिलो पटक युरोकपको उपाधि हात पारेका थिए । उनीनै वर्षको उत्कृष्ट खेलाडी चुनिने धेरैले बताएका छन् । बार्सिलोनाका फरवार्ड नेयमारले समेत रोनाल्डोले नै यसपटकको फिफा वर्ष खेलाडी चुनिने बताएका थिए । हाल मोन्टेरियल इम्प्याक्टबाट एमएलएस लिगमा खेलिरहेका चेल्सीका पूर्व खेलाडी ड्रोग्बाले रोनाल्डोले आफूलाई राम्रो नेतृत्वकर्ताको रुपमा स्थापित गराएको र उनले नै चौंथो पटक यो उपाधि जित्ने आशा व्यक्त गरे । ‘मैले रोनाल्डोविरुद्ध सन् २००८ को च्याम्पियन्स लिग फाइनल खेलेको थिए । त्यतिबेला उनी म्यान्चेस्टर युनाइटेडबाट बिजेता बनेका थिए,’ ड्रोग्बाले भने, ‘उनी वास्तवमै एक कुशल नेतृत्वकर्ता हुन् । उनले रियल र पोर्चुगलका लागि गरेको योगदान अनुसार उनले नै बालोन डि’ओर जित्नुपर्छ । उनले फाइनलमा खेल्न नपाएपनि उनकैको कारण टोली फाइनलसम्म पुगेको थियो ।’ साभार – रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१