अपराधीको सूचीमा मोदी, अदालतले गुगलमा पठायो नोटिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७३, बुधबार २०:०४

इलाहबाद । गुगल सर्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टप १० अपराधीको सूचीमा देखाइएको मामिला अदालतसम्म पुगेको छ । इलाहबादको एक अदालतले गुगलको सिइओ र भारतको गुगल प्रमुखलाई नोटिस पठाएको छ ।
यता, गुगलका ग्लोबल कर्पोरेट कम्युनिकेसन हेड गौरव भास्करले अदालतको नोटिस आएको पुष्टि गरे । उनले भने, ‘हामीलाई नोटिस आएको छ । अब के गर्ने भन्ने योजना बनाउँछौं ।’

google modiतर, आफूहरुसँग यस्तो गल्ती रोक्ने मेकानिजम नै नभएको उनले बताए । ‘सरकारले यस्तो फोटोको लिंक दिएर हामीलाई हटाउन आग्रह गरे, त्यसलाई हामी हटाउन तयार छौं । तर, फेरि पनि यस्तो गल्ती हुँदैन भनेर हामी ग्यारेन्टी दिन सक्दैनौं,’ गौरवले बताए ।

गत वर्ष जुनमा यो मामिला बाहिर आएको थियो जसमा कम्पनीले माफी पनि मागेको थियो । त्यतिबेला पनि उनीहरुले गुगलमा कयौं कुरा सर्च गर्दा आश्चर्य जनक नतिजा आउने गरेको र यसलाई रोक्न कम्पनीले प्रयास गरिरहेको बताएको थियो । तर, हालसम्म यसमाथि कारवाही भने भएको छैन ।

यति मात्र होइन, ‘टप टेन फ्रड’ र ‘टप टेन लायर’ भनेर गुगलमा सर्च गर्दा पनि मोदीको तस्विर आउँछ ।

यस मामिलाविरुद्ध वकिल सुशील कुमार मिश्रले इलाहबाद कोर्टमा मुद्दा दायर गरेका थिए । सन् २०१५ मा यो विषयमा मुद्दा दायर गर्दा खारेज गरिएको थियो । त्यसपछि यसमाथि पुनः मुद्दा दायर गरेपछि अगस्त ३१ मा यसको सुनवाई हुने भएको छ ।साभार – रातोपाटी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१