दीपिकाको हलिउड चलचित्रको ट्रेलर आउट, समाजिक सञ्जालमा उडाइयो खिल्ली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७३, बुधबार २०:०१

dc-Cover-ff3u2amgj2ls9lei0l6vhgm1q2-20160204142411मुम्बई ।  बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिवुडमा डेब्यु गरेको चलचित्र ‘ट्रिपल एक्स द रिटर्न अफ एक्सजेन्डर केज’ लाई उनका फ्यानहरुले निकै प्रतिक्षा गरिरहेका छन् । तर, बुधबार जब उनको चलचित्रको ट्रेलर रिलिज भयो, फ्यानहरु निराश भए ।

दीपिकाको यस चलचित्रको चर्चा लामो समयदेखि भइरहेको छ । यसमा उनको राम्रो भूमिका हुने बताइएको थियो । तर, डेढ मिनेट लामो ट्रेलरमा दीपिकालाई मात्र ३–४ सेकेन्ड मात्र देखाइएको छ । पूरै ट्रेलरमा भिन डिजेल छाएका छन् ।

मात्र ३–४ फ्रेममा दीपिका देखाएपछि समाजिक सञ्जालमा उनको खिल्ली उडाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१