डा केसीले उठाएका माग चिकित्सा शिक्षालाई सिध्याउन रचिएको षडयन्त्र : डा भोला रिजाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ श्रावण २०७३, बुधबार ०६:०२

bholaकाठमाडौँ, ५  साउन । एसोसियनसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालले डा गोविन्द केसीले उठाएका मागले निजी क्षेत्रको लगानीलाई होत्साहित गर्न खोजेको भन्दै विरोध गरेको छ ।

पत्रकार सम्मेलनमा एसोसियसनका अध्यक्ष डा भोला रिजालले डा केसीको यस पटकको अनशन चिकित्सा शिक्षालाई सिध्याउन रचिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “जब मेडिकल कलेजमा भर्नाको समय आउँछ, तब मेडिकल शिक्षाको सुधारको लागि भन्दै विद्यार्थीमा भ्रम फैलाएर विदेश पठाउनेलाई डा केसीले उत्साहित गरिरहनु भएको छ ।”

निजी क्षेत्रले प्रत्येक वर्ष ३०० जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको उल्लेख गर्दै डा केसीले निजी कलेजमा विद्यार्थी सङ्ख्या कोटा कटौतीको माग राख्नु छात्रवृत्ति कोटा घटाउनु भएको दाबी गर्नुभयो ।

एसोसियसनले निजी कलेजमा विद्यार्थी सीट सङ्ख्या कटौती गर्न नहुने, विदेशी विद्यार्थीलाई नेपालका निजी कलेजमा अध्ययन गराउने वातावरण सिर्जना गर्नुपर्ने, सीट सङ्ख्या कटौती गर्दा अस्पतालको शय्या पनि घट्ने हुँदा बिरामीको स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने वातावरण सिर्जना गर्न नहुनेलगायतका माग अघि सार्दै माग पूरा नभए आन्दोलनमा जाने घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१