मिडिया इन्टरनेसनल तेस्रो वर्षमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७१, आईतवार ०५:४२

लगानीमैत्री वातावरण नभए सम्म आर्थिक समृद्धि हुदैन :  पाण्डे

काठमाडौ ,२२ असार ।  विकास र आर्थिक एजेण्डामा बहस गर्दै आएको मिडिया इन्टरनेसनलले तेस्रो वर्ष प्रबेश गरेको छ । तेस्रो वर्ष प्रवेशको कार्यक्रम आयोजना गरी मिडिया इन्टरनेसनलले विभिन्न विधा मार्फत आर्थिक क्षेत्रमा सक्रिय पत्रकार सहित केही व्यबसायीलाई सम्मानीत ग¥यो । media international
मिडिया इन्टरनेसनलले ब्रोडकाष्टिङबाट एकजना, छापा पत्रकारिताबाट एकजना र संस्थागत रुपमा एक संचारमाध्यमलाई हरेक बर्ष मिडिया इन्टरनेसनल पत्रकारिता सम्मान प्रदान गरिने मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले बताए । जस अनुसार यस वर्ष संस्थागत रुपमा पत्रकारिता क्षेत्रमा नयाँँ आयाम भित्राउने कारोवार राष्ट्रिय दैनिक, ब्रोडकाष्टिङ पत्रकारिताबाट एभिन्यूज टेलिभिजनका समाचार प्रमुख केदार कोइराला र छापा पत्रकारिताबाट गोरखापत्र दैनिकका आर्थिक व्यूरो जुनारबाबु बस्नेत सम्मानित भएका छन् ।
यसैगरी मिडिया इन्टरनेसनलले पूर्व सभासद् एवं दलित आन्दोलनका अगुवा विनोद पहाडी व्यवसायीहरु अच्यूत गुरागाई र आत्मराम रम्तेललाई पनि सम्मानित ग¥यो । गुरागाईं सफल पर्यटन व्यबसायी तथा रम्तेल नेपाली जुत्ता उद्योगमा सफल व्यबसायी मानिन्छन् । उनीहरुलाई आर्थिक क्षेत्रमा योगदान पु¥याएबापत सम्मान गरिएको हो ।
यसैगरि मिडिया इन्टरनेसनलले बार्षिकोत्सवको अबसरमा केही समाजसेवी र स्रष्टालाई पनि सम्मानित ग¥यो । यसरी सम्मानित हुनेहरुमा समाजसेवी सुनिल श्रेष्ठ, कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नारी साहित्यकार सीता भट्टराई, नेपाल बालकल्याण परिषदका अध्यक्ष कृष्ण परियार रहेका छन् ।
लगानीमैत्री वातावरण नभए सम्म आर्थिक समृद्धि हुदैन ः पाण्डे
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले नेपालमा लगानीमैत्री वातावरण नभए सम्म आर्थिक समृद्धि हुन नसक्ने बताएका छन् । मिडिया इन्टरनेशनलको तेस्रो वार्षिक उत्सवको अवसरमा शनिवार राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले लगानीमैत्री वातावरणका लागि सरकारले पहल गर्नुपर्ने बताए । उनले मुलुकको आर्थिक समृद्धिको लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरिनुपर्नेमा जोड दिए । कुनै पनि क्षेत्रमा उत्पादन नभई लगानी वृद्धि नहुने महासंघ अध्यक्ष पाण्डेको भनाई छ । महासंघ अध्यक्ष पाण्डेले मुलुकको जलविद्युत क्षेत्रको विकाशमा उल्लेखनीय प्रगति हुन नसकेको जिकिर गर्दै जलविद्युतको विकाश विना कुनै पनि क्षेत्रको विकाश नहुने बताए । उनले आगामी तीन वर्ष भित्रमा लोडसेडिङ् अन्त्य गरिनु पर्ने बताए । तीन वर्षमा लोडसेडिङ् अन्त्य गर्ने सरकारको लक्ष्यमा नीजि क्षेत्रहरु पनि सहयोगी भएको पाण्डेले स्पष्ट पारे । महासंघ अध्यक्ष पाण्डेले आगामी सन् २०२० सम्ममा नेपाललाई विकाशोन्मुख मुलुकमा रुपमा लैजाने सरकारको योजना सकारात्मक रहेको उल्लेख गरे । कृषि विभाग अन्तर्गतको किट विकाश निर्देशनालयका कार्यक्रम प्रमुख जगदीश भक्त श्रेष्ठ, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका उपाध्यक्ष डा.पूण्यप्रसाद रेग्मी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेत लगायतले मुलुकको आर्थिक विकाशको लागि नीति संस्थाहरुको साझेदारी आवश्यक रहेको भन्दै मुलुकको आर्थिक समृद्धिका लागि मिडिया इन्टरनेसनलले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१