४ सय ७३ जनालाई अपाङ्गता परिचय पत्र वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७१, आईतवार ०५:३०

गण्श विष्ट / भोजपुर ,२२ असार ।

यस आर्थिक वर्षमा महिला विकास कार्यलय भोजपुरले ४ सय ७३ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको गरेको छ ।
परिचय पत्र वितरण बाट अपाङ्गता भएका मानिसहरुलाई विभिन्न काम तथा राज्य वाट दिइएको सुविधाहरु लिन सहज भएको छ । disable
साथै महिला विकास कार्यलयले महिला हिंसाका घटनाहरु दिन प्रति दिन बढेकोले त्यसको न्युनिकरणमा सहजता होस भन्ने उद्धेश्यले समुह निर्माण गरेको महिला विकास अधिकृत शुशिला आचार्यले बताउनुभयो । महिला विकास कार्यालयले भोजपुरले लैगिक हिंसा न्युनिकरणका लागि ९ ओटा गाविसमा लैगिक हिंसा निगरानी समुह गठन गरेको छ । लक्षित महिलाको पहिचान र समाहीकरण अन्र्तगत समुह तथा समिति गठन गरिएको हो । महिला विकास कार्यलयले महिला लक्षित विभिन्न योजनाहरुको आयोजना गरि सम्पन्न गरेको छ । ब्यक्तित्व विकासका लागि प्रारम्भिक रुपमा पन्द्र सय महिलालाई प्रशिक्षण दिइएको महिला विकास कार्यलयले जनाएको छ । यसैगरि संस्थागत समता विकासका लागि तालिम तथा अनुदान सहयोग गरिएको महिला विकास अधिकृत शुशिला आचार्यले बताउनुभयो । तालिममा सहभागिहरुलाई व्यावसाय शुरु गर्ने पैतिस सयका दरले अनुदान समेत प्रदान गरेको थियो । यसका साथै महिला समुहलाई अवलोकन भ्रमण लगायतका कार्यक्रम आयोजना गरिएको छ । भने यस यसै गरि महिला समुहका सदस्यहरुलाई अदुवा, खुर्सानी, बेसार , अलैचि खेति लगायतका तालिम दिइएको आचार्यले बताउनु भयो ।

प्रतिक्रिया