बालबालिकासँग किन धेरै कुराकानी गर्नुपर्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७३, सोमबार ११:४७

लालनपालन:

थोरै आय भएका परिवारका बच्चाले जति शब्द सिकेका हुन्छन्, उच्च आय भएका परिवारका बच्चाले त्योभन्दा तीन करोड बढी शब्द सुन्ने गरेको अध्ययनले देखाएको छl यति मात्र होइन, तीन वर्षको उमेर पुग्दासम्म कम आय भएका परिवारका बच्चाले जति शब्द सिक्छन्, उच्च आय भएका बच्चाले त्योभन्दा दोब्बर शब्द सिक्ने पनि उक्त अध्ययनको निष्कर्ष छ।

बालबालिकाका निम्ति नयाँ कुरा सिक्न र बौद्धिक विकास आवश्यक पर्ने धेरै कुरामध्ये एक हो, निरन्तर अन्तर्क्रिया l

बाबुआमा र केटाकेटीबीच हुने दोहोरो संवाद उनीहरुको बौद्धिक विकासका लागि महत्वपूर्ण हुने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

हार्वड गजेटअनुसार यस्तो अन्तर्क्रियाले बच्चाको काँचो दिमागमा खुराकको काम गर्छl भाषा तथा शैक्षिक ज्ञान प्राप्त गर्न मात्र होइन, विद्यालयका लागि तयार बनाउन र सामाजिक तथा भावनात्मक रुपले स्वथ्य राख्न समेत यस्तो अन्तर्क्रियाले सहयोग गर्छ।

यति हुँदाहुँदै संसारका धेरै बालबालिका यस्तो अन्तर्क्रियाबाट वञ्चित रहने गरेका छन्l थोरै आय भएका परिवारका बच्चाले जति शब्द सिकेका हुन्छन्, उच्च आय भएका परिवारका बच्चाले त्योभन्दा तीन करोड बढी शब्द सुन्ने गरेको अध्ययनले देखाएको छl यति मात्र होइन, तीन वर्षको उमेर पुग्दासम्म कम आय भएका परिवारका बच्चाले जति शब्द सिक्छन्, उच्च आय भएका बच्चाले त्योभन्दा दोब्बर शब्द सिक्ने पनि उक्त अध्ययनको निष्कर्ष छ।

केटाकेटीसँग अन्तर्क्रियाको फाइदा उनीहरुको शब्द भण्डार वृद्धि मात्र होइन।

‘बच्चाको विकासका निम्ति शब्दको संख्या मात्र महत्वपूर्ण होइन, त्योभन्दा महत्वपूर्ण त उनीहरुसँग गरिने अन्तर्क्रियाको तरिका हो,’ हार्वर्ड विश्वविद्यालयका शिक्षासम्बन्धी विज्ञ मेरेडिथ रोवेले भने।

बाबुआमाले यो अध्ययनलाई गलत ढंगले नबुझुन् भनेर पनि विज्ञहरुले सतर्क गराएका छन्।

‘प्रत्येक दिन बच्चालाई कति शब्द सुनाउने भनेर तनावमा बस्नु हुँदैन,’ रोवे र अर्का विज्ञ बेरी जुकर्म्यानले भने, ‘बरु उनीहरुले छोटो नै भए पनि गुणस्तरीय तरिकाले र प्रेमभावले अन्तर्क्रिया गर्ने समय मिलाउनुपर्छl’

कुन उमेरका बच्चासँग कस्तो अन्तर्किया गर्नुपर्छ त? अध्ययनको निष्कर्ष यस्तो छ:

जन्मेदेखि ६ महिनासम्म: यो उमेरमा बच्चालक्षित कुराकानी प्रभावकारी हुन्छl बढाइचढाइ गरेर ध्वनि निकाल्ने र अनुहारमा त्यस्तै किसिमको भाव देखाएर बच्चाको ध्यान खिच्नुपर्छl ठूला मानिसले दैनिक जीवनमा गर्ने खालको अन्तर्क्रियाले केटाकेटीको ध्यान खिच्न सक्दैनl बच्चाका चिरबिरे ध्वनिलाई मायालु ढंगले प्रतिक्रिया दिएर बाबुआमाले भाषा सिक्न तयार पार्नुपर्छl संवादमार्फत् बाबुआमा र बच्चाबीच सम्बन्ध स्थापना गर्नुपर्छ l

६ देखि १८ महिनासम्म: यस उमेरमा बच्चाका शब्दहरु बुझ्ने क्षमता आश्चर्यजनक ढंगले बढ्दै जान्छl उनीहरुले ‘नाक’ भनेर उच्चारण गर्नुभन्दा ६ महिना पहिले नै आफ्नो नाकतर्फ औंलाले देखाउन सक्छन्l आफूलाई स्याहारसुसार गर्नेसँगको अन्तर्क्रियाबाट उनीहरुले सबैभन्दा धेरै र राम्ररी सिक्न सक्छन्l उनीहरुले वास्तविक वस्तु तथा उज्याला तस्बिर हेरेर पनि सिक्न सक्छन्l औंल्याउने र नामले कुनै कुरा देखाउनु यस उमेरमा महत्वपूर्ण हुन्छl

१८ महिनादेखि ३६ महिनासम्म: सिक्ने क्षमता विकास हुँदै जाँदा बाबुआमाले यस अवधिका बच्चासँग अझै चुनौतिपूर्ण वार्ता गर्न सक्छन्l ‘के’ र ‘कहाँ’ जस्ता प्रश्न गर्ने, कुराकानी मोड्ने तथा धेरै र विभिन्न अर्थ दिने शब्द यस उमेरमा महत्वपूर्ण हुन्छl

३६ महिना र त्यसभन्दा बढी उमेरमा: यस उमेरमा बच्चाले विगत र भविष्यसम्बन्धी वार्तालापबाट धेरै सिक्न सक्छन्l बाबुआमाले अब कुनै घटनालाई कथाका रुपमा भन्न सक्ने सिप विकास गर्न योगदान दिन सक्छन्l उनीहरुमा पहिला के भयो र अब के हुन्छ भन्ने जस्ता कुरा भन्ने र सुन्ने कला विकास गर्नुपर्छl तपाईंले बच्चाका खेल स्मार्टफोनमा रेकर्ड गर्ने र बच्चालाई के भैइरहेको हो भनेर सोध्न सक्नुहुन्छl यस उमेरमा ‘किन’ र ‘कसरी’ भनी सोध्ने र बच्चाले सोधेका प्रश्नको स्पष्ट उत्तर दिनुपर्छ l

(यो लेख हार्वर्ड गजेटको ‘द पावर अफ ब्याबल’ भन्ने लेख बाट तयार गरिएको हो)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१