न्यायको आशामा पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७३, सोमबार ०७:१०

cfˆgf 5f]/fsf] xTofdf ;+nUg bf]ifLnfO{ sf/afxLsf] dfu ub}{ cfd/0f cg;g a;]s} cj:yfdf uf]/vf km'h]nsf gGbk|;fb clwsf/Lsf] lgwg ePsf] jif{lbgsf] sfo{qmddf ;xefuL x'Fb} uªufdfof clwsf/L . tl:a/ M  sflnsf v8sf, /f;;

काठमाडौँ, ३  साउन ।   पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारी अझै पनि न्याय पाउने आशामा छिन्  । अठारौँ अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनशनरत गङ्गामायाले वीर अस्पतालको आफ्नो ७ नम्बरको क्याविनबाट आफू न्यायको आशामा अझै रहेको बताउनुभयो ।

विसं २०६१ जेठ २४ गते तत्कालीन नेकपा (माओवादी) ले आफ्नो कान्छो छोरो कृष्णप्रसादलाई अपहरण गरी हत्या गरेपछि पाँच वर्षअघिदेखि पिता नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले अनशन सुरु गर्नुभएको थियो ।

अनशन सुरु गरेको ३३३ दिनमा नन्दप्रसादको निधन भएपछि गङ्गामायाले एक्लै न्याय खोज्दै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । गङ्गामायाले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अहिले पनि दाहसंस्कार गर्न सकिएको छैन ।

उहाँले भन्नुभयो, “मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मा¥यो, काँग्रेसले श्रीमान्, तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्युपश्चात् निस्कन्छु ।”

कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एनेकपा (माओवादी) नेताको विरोध र धम्कीका कारण पक्राउ परेका उनीहरूलाई धरौटीमा रिहा गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१