केसिको अनसन विरुद्ध काठमाण्डौंमा उर्लीयो जनलहर (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७३, आईतवार १८:४९

सुतेर मापदण्ड हुदैन ३५ बर्ष भाङ्खाएर बसेका थियौंः ईन्जीनीयर भट्टराई

काठमाण्डौं, २ साउन  ।
नेपालको शिक्षा क्षेत्रलाई धरासायी बनाएर बिदेश विद्यार्थी पठाउने चलखेल बढ्न थालेको भन्दै त्यस्ता निकायलाई प्रोत्साहन दिन नहुने माग गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपाललको अगुवाईमा आईतबार काठमाण्डौंमा बिशाल ¥याली निकालीएको छ । डाक्टर गोविन्द केसीको आन्दोलन नै पच्छिेको फरक फरक मागका कारण नेपाली विद्यार्थी बाहिर पठाउने उदेश्य रहेको भन्दै त्यस्ता अभियानलाई प्रोत्साहन गर्न नहुने भन्दै प्रोफेसर, कलेज संचालन, अबिभावक, विद्यार्थी, चिकित्सक, समाजसेवी, बुद्धिजिवि, उद्योगीहरुको सम्लग्नतामा बिशाल ¥याली पानि पनि नभनि सडकमा निस्कएको हो । भृकुटीमण्डप बाट निस्किएको विरोध ¥याली बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वर, थापाथली हुदै माईतिघरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर भोला रिजालले कसैको समर्थन र विरोधमा आफुहरु सडकमा नआएको स्पष्ट पार्नु भयो । उहाँले नेपालमा मेडिकल शिक्षाको स्तर कसरी बढाएर अन्तराष्ट्रिय जगतमा पुर्याउन सकिन्छ भन्ने सोच्न बाध्य बनाउन आएको उल्लेख गर्नु भयो । रिजालले अगाडि बढाउन हैन कसैलाई धकेल्न हैन हाम्रो मेडिकल शिक्षालाई जोगाउन आफुहरु सडकमा आएको बताउनु भयो । उहाँले भन्नु भयो नेपाली विद्यार्थीहरुले भारत वर्ष या ईङ्ल्याण्ड बर्षहरुमा त्यहा लिएको परिक्षामा नेपाली डाक्टरहरुले सबैभन्दा अब्बल नम्बर ल्याको छन् उनीहरुको प्रमाण हामी संग छ । यस्तो अवस्थामा पनि अनावश्यक बखेडा र आरोप लगाएर हाम्रो मेडिकल शिक्षा र हजारौ हजार कर्मचारीको रोजिरोटी खोस्ने अभियानमा लागेकाहरुबाट एक ईन्च पनि पछि नहट्ने स्पष्ट पार्नु भयो । ३०० बढी गरिव ,जेहेनदार तथा पिछडा बर्गहरुलाई छात्रबृद्धि दिदै आएको अवस्थामा पनि आफुहरु प्रति असान्र्दभीक आरोप लागेको हुदा त्यसको खण्डन गर्न आएको जानकारी गराउनु भयो ।
अध्यक्ष रिजालले भन्नुभयो हामी पनि यहि धर्ती पुत्र हौ हामीलाई भगाउने चेष्टा कसैबाट नगरियोस नेपालमै बस्छौ र यहि माटोको सेवा गछौ । नेपालको मेडिकल शिक्षा र स्वास्थ्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चिन्ता गर्नु परेको र त्यसमा सबैले सोच्नुपर्ने अध्यक्ष रिजालको भनाइ रहेको छ ।

ईन्जिनियर तथा नेपालको पहिलो मेडिकल खोल्ने अभियानता दिपक भट्टराईले डाक्टर गोविन्द केसि लगायत सिमित व्यत्तिहरुले नीजि क्षेत्रलाई माफिया भनेर लगाएको आरोपको खण्डन गर्नुभयो । उहाँले सबैलाई एउटा एउटा विषय समाएर राजनीति गर्नु पर्ने भएकाले केसिले पनि राजनीति गर्ने माध्यम निजि मेडिकल कलेजको विषय बनाएको दावी गर्नुभयो । उहाँले नेपालमै पहिलो पटक आफुले स्वास्थ्य शिक्षा गुणस्तरीय बनाउन मेडिकल कलेज खोल्नुपर्छ भनेर सार्वजनीक रुपमा आवाज उठाउदै पहिलो मेडिकल कलेज नेपाल मेडिकल कलेज खोलेको भन्दै मेडिकल कलेज माफिया भए अरु कोहि नभएर दिपा भट्टराई भएको स्पष्ट पार्नु भयो । उहाँले निजी मेडिकल कलेजहरु माफिया नभै विद्यार्थी स्वदेशमै उत्पादन गरी आत्मनीर्भरको बाटो रोजेको बताउनु भयो । उहाँले भन्नु भयो अनसन बसेर सिट कटौति गर्ने पढिरहेका विद्यार्थी विदेश पठाउन कन्सल्टेन्सी परिचालन गर्ने माफिया हैन, स्वदेश मै गुणस्तरीय स्वास्थ्य शिक्षा दिन्छु भन्ने कसरी माफिया गोविन्द केसिलाई प्रश्न गर्नु भयो । उहाँले दलालि उत्पादन गर्दै कन्सल्टेन्सी खोल्न प्रोत्साहन गर्ने केसी जस्ता डाक्टरहरुलाई राज्यले निगरानीमा राख्नु पर्ने उल्लेख गर्नुभयो । आट्टनै देशको दुध खाएर केसिले मुलुकप्रति गद्धारी गरेको उहाँको आरोप छ ।

यता उद्योग वाणीज्य महासंघका अध्यक्ष दिनेश श्रेष्ठले केसीको आन्दोलनले निजी क्षेत्र धरासायी बनाएको भन्दै विरोध गर्नु भयो । उहाँले निजी क्षेत्रलेनै मुलुकको अर्थतन्त्र धानेको भन्दै मेडिकल क्षेत्रलाई अहित हुने मागमा आफुहरुको सधै विरोध रहने भन्दै एशोशिएसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालको आन्दोन प्रति उद्यँेग वाणीज्य महासंघको एक्यवद्धता रहेको बताउनु भयो । उहाँले जति पनि शिक्षा र स्वास्थ्य विद्येकले निजी क्षेत्र घरासायी बनाउने छ तत्काल खारेज गर्न सरकार समक्ष माग समेत गर्नु भयो ।

विरोध ¥यालीमा उपस्थित विद्यार्थीहरुले केसिको अनसनले स्वदेशमा पढ्ने नेपाली विद्यार्थीको नैसर्गीक अधिकार माथि हनन भएको आरोप लगाएका छन् । उहाँका केहि माग जायज भएपनि सिट कटौंति, कलेज खोल्न नदिने जस्ता महत्वपुर्ण विषयले मेडिकल शिक्षा स्वदेशमै पढ्न पाउने विद्यार्थीको अधिकार खोसिएको बताए । यस्ता माग विरुद्ध आफुहरु मोर्चाबन्दी सहित अगाडि बढ्ने जनाएका छन् ।bhola 2 bhola 3 bhola 4 bhola 6 bhola)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१