कश्मिरमा संचार माध्यम माथि प्रतिबन्ध ,मोबाइल फोन समेत बन्द गरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७३, आईतवार १३:१४

 काठमाडौं । भारत प्रशासित काश्मिरमा त्यहाँका अधिकारीहरुले जारी हिंसालाई बाहना बनाएर संचारमाध्यममाथि नियन्त्रण र प्रहार गर्न थालेका छन्।

सुरक्षा संवेदनशिलताको कारण देखाउँदै पत्रपत्रिका तथा केबल टेलिभिजन बन्द  गरिएका छन्। समाचारको स्वतन्त्र संकलन, पत्रपत्रिकाको प्रकाशन र वितरणमा समेत स्थानीय प्रशासन तथा सुरक्षा फौजले अवरोध गर्न थालेका छन्।

काश्मिर केही दिनदेखि जारी  हिंसात्मक प्रदर्शन र झडमा ३० जनाको ज्यान गइसकेको छ।

जम्बु काश्मिर राज्यले पहिले नै कर्फ्यु लगाएको छ भने मोबाइल फोन सेवासमेत बन्द गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१