नेपाली सांगतिक क्षेत्रका नवगायक : कुमार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७१, आईतवार ०५:०३

स्वदेशमै रहेका नेपालीहरुले आफ्नो गित–संगित बिर्सिएर पश्चिमी गितप्रति चासो दिन थालेका छन् । तर अमेरिकास्थित सेटलमा रहेका कुमार दुमी राईको नेपाली संगितप्रतिको लगाव उत्तिकै छ ।
krish
सानैदेखि गायनमा रुची भएका कुमार अब नेपाली सांगतिक क्षेत्रका नवगायक बन्ने भएका छन् । अमेरिकामै रहेर सेटलस्थित साउन्ड मिरर स्टुडियोमा शनिवार उनले ‘सोमबारे हाटैमा..’ बोलको गित रेकडिङ गराएका हुन् ।

सानैदेखि स्टेज कार्यक्रममा आफ्नो प्रतिभा दिएर प्रशंसा बटुल्न माहिर कुमारले अमेरिकामा रहेका नेपाली साथीभाईहरुको प्रेरणाले गित रेकडिङ गर्न हौसला मिलेको बताए । ‘यँहा मैले स्टेज कार्यक्रमहरुमा आफ्ना प्रस्तुती दिन्थे’, अमेरिकाबाट कुमारले भने– ‘मेरो प्रस्तुतीलाई मनपराएर आफ्नै गित रेकडिङ गर्न साथीभाइले सुझाव दिन्थे । त्यही सुझाव र हौसलाले आज यँहा सम्म आइपुगेको छु ।’ ‘अब यँहावाट शुरु भएको यात्रा कँहा सम्म पुग्छ, त्यो श्रोतामा निर्भर छ ’, उनले थपे ।

कुमारले उक्त गितमा आफै संगित दिएको बताए । गितको शब्द भने निर्माता क्रिश रिजालले लेखेका छन् । रिजाल चर्चित नेपाली चलचित्र ‘बितेका पल’का कार्यकारी निर्माता पनि हुन् । ‘सोमबारे हाटैमा’ संगै कुमार नवगायक बन्दैछन् भने निर्माता क्रिश गितकारमा डेब्यु गर्दैछन् । गितका एरेन्जर राकेश सोनी रहेका छन् ।
krish 2
केही दिनमै गितको अडियो सार्वजनिक हुने बताइएको छ । दशैमा उक्त गितको म्यूजिक भिडियो पनि बनाइने गितकार रिजालले जानकारी दिएका छन् ।

अमेरिका रेकडिङ गरिएको नवगायक कुमार र नवगितकार क्रिशको ‘सोमबारे हाटैमा’ लाई नेपाली श्रोताले किन नपर्खने ? प्रस्तुती : अनिल यादव

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१