‘बूम’ फिल्मबाट बलिउडमा पाइला टेकेकी कट्रिना आज पनि बलिउडकी शीर्ष नायिकामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७३, आईतवार ०६:०२

katrinaबलिउडकी बार्बी गर्ल भनेर चिनिने कट्रिना कैफको जन्म आज अर्थात १६ जुलाईमा हो । बलिउडमा एक दशकभन्दा बढि भइसकेको उनको करियरमा उनले आफ्नो निकै राम्रो छाप राख्न सफल भएकी छिन् । सन् २००३ मा ‘बूम’ फिल्मबाट बलिउडमा पाइला टेकेकी कट्रिना आज पनि बलिउडकी शीर्ष नायिकामा गनिन्छिन् । आज कट्रिनाको जन्मदिनमा हामी उनीसँग सम्बन्धित यस्तो कुरा बताउँदैछौं जस बारे सायद तपाईंलाई थाहा नहोला ।

१) कट्रिना कैफको जन्म सन् १९८३ को ब्रिटिश हंगकंगमा भएको थियो तर १४ वर्षको उमेरमा परिवारसँगै कट्रिना ‘हवाई’ गइन् र पछि लण्डन र त्यसपछि मुम्बई गएकी थिइन् ।

२) कट्रिनासँगै उनका जम्मा ७ जना दिदिबहिनी र एकजना भाइ छन् । कट्रिनाकी आमा भिन्न भिन्न देश भ्रमण गरेपछि केही वर्षपहिलेदेखि चेन्नईमा बसिरहेकी छिन् ।

३) कट्रिनाले आफ्नो करियर १४ वर्षदेखि मोडलिङ गरेर सुरु गरेकी थिइन् । सन् २००३ मा निर्देशक कायजाद गुस्तादल े उनलाई एक फेसन सोको क्रममा देखेर अमिताभ बच्चनसँग फिल्म ‘बूम’ मा कास्ट गरे ।

४) ‘बूम’ पछि कट्रिनालाई भारतमा मोडलिङको लागि बोलाउन थालियो । फिल्म निर्माताको नजर कट्रिनामाथि सधैं रहेको थियो तर कट्रिनालाई हिन्दी राम्रोसँग नआउने भएका कारण उनीहरुले निकै सोच्नुपर्दथ्यो ।

५) कट्रिनाले ‘बूम’ पछि तेलेगु र मलयालम फिल्ममा पनि अभिनय गरिन् । साउथ फिल्म ‘मल्लेश्वरी’ का लागि कट्रिनालाई ७० लाख भारतीय रुपैयाँ दिइएको थियो जुन आफैंमा एउटा रेकर्ड हो । पछि कट्रिनालाई ‘सरकार’ फिल्ममा ‘पूजा’ को भूमिका निभाइन् ।

६) कट्रिनाको वास्तविक नाम कट्रिना टारकेटी हो । उनको पिताको नाम मोहम्मद कैफ थियो जसका कारण निर्देशक कायजाद गुस्तादले उनलाई कट्रिना टारकोटीको सट्टा कैफ लेख्ने सल्लाह दिए जसलाई उनले मानिन् । आज उनी कट्रिना कैफको नामले बलिउडमा चर्चित छिन् ।

७) सलमान खानले सन् २००४ मा कट्रिनालाई ‘मेने प्यार किया’ मा चान्स दिए र बिस्तारै बिस्तारै उनीहरुको सम्बन्ध बढ्यो ।

८) कट्रिनालाई फिल्म ‘अपने’ मा पहिले अमिषा पटेललाई अफर गरिएको थियो तर समय नमिलेपछि अमिषाले मानिनन् तर पछि ‘नंदिनी’ को भूमिका कट्रिनाले निभाइन् ।

९) कट्रिना कैफलाई सन् २००५ मा ‘ल्याक्मे इन्डिया फेसन विक’ कोृ ‘फेस अफ द इयर’ घोषणा गरियो ।

१०)  सलमान खानसँग थुप्रै वर्षसम्म सम्बन्ध रहेपनि त्यो सम्बन्धले निश्चित रुप लिन सकेन र उनीहरुको ब्रेकअप भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१