विधुतीय हुकिंग गर्नेे एक जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ श्रावण २०७३, शनिबार १९:३८

रौतहट / अभिमनु पटेल ।

धान रोपाइँ गर्नका लागि पानी पठाउन खोज्दा विधुतमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रौतहटमा धान रोपाइ अहिले पुरै राम्रोसँग नभएकोले किसानहरुले समयमा सिचाइबाट पानी नपाए र समयमा बर्षा नभकोले अषाढ मसान्तमा खेती गर्नका गा.वि.स अजगैवि वार्ड नं ९ मा बस्ने ४५ वर्षीय शिवमगल ठाकुरले धान रोपाई गर्नको लागि विधुतीय मोटरमा लाइन जडान गर्न जादा करेन्ट लागेर मृत्यु भएको हो ।
विहान करिव ३ बजेको समयमा विधुतको तारमा हुकिंग गर्न खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका
प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१