टानमा हुने गरेको भष्ट्रचार रोक्न खोज्दा म विरुद्ध टान खनियो : दाहाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७३, शुक्रबार १९:०३

टान नेतृत्वले कारबाही गरेर  देखाउन चुनौती

काका

काठमाडौं,३१ असार  ।  ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का बर्तमान कोषाध्यक्ष लिलाबल्दब दाहालले टानको नेतृत्वमा निरंकुशता शैली हावी भएको आरोप लगाएका छन ।

दाहालले टान कार्यसमितिमा बसेर न्यायोचित भुक्तानि नदिएको भन्दै टान कार्यसमितिले दाहाललाई बुधवार ७ दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिएको थियो । दाहालले भने टान कार्यसमितिको बैठकमा अध्यक्ष र महासचिवले एकलौटी रुपमा निर्णय गरेकोमा असन्तुष्टी जनाउदै नोट अफ डिसेन्ट नै जारी गरेका छन् । राष्ट्रिय खबर डटकमसँगको कुराकानीमा कोषाध्यक्ष दाहालले टान नेतृत्वले कारबाही गरेर  देखाउन चुनौती समेत दिए ।
बैठकमा भएका छलफलमा धेरै कुरा हरु एकलौटी ढंगबाट चल्न खोजेको र अपारदर्शी खर्चहरुमा हस्ताक्षर गर्न दबाब दिदै आफुलाई कमजोर पार्न ठुलो चलखेल भएको दाहालले बताएका छन् ।
टानको विधानमा उल्लेख भए बमोजिम टानका अध्यक्ष, महासचिव र कोषाध्यक्षको आपसी सहमति गरेर निर्णय गर्ने भएपनि नयाँ कार्यसमिति चयन भएको लामो समयसम्म पनि   कुनै सरसल्लाह नै नगरी अध्यक्षले आफु अनुकुल निर्णय गर्ने गरेको दाहालको आरोप छ । टानमा हुने गरेको भष्ट्रचार रोक्न खोज्दा आफुविरुद्ध टान खनिएको भन्दै दाहालले आपत्ति जनाए ।  दाहालको नोट अफ डिसेन्ट यस्तो छ :

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१