हामी जस्ता युवाहरुको प्रेरणाको श्रोत हुनुहुन्छ: पुर्व गृहराज्य मन्त्री देबेन्द्रराज कडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७३, शुक्रबार १७:१८

kadel महेन्द्र चापागाई । नेपाली कांग्रेसका केन्द्रिय सदस्य, युवा नेता एवम पुर्व गृहराज्य मन्त्री देबेन्द्रराज कडेल एक मिलनसार र लगनशिल व्यक्तित्व हुनु हुन्छ । नेता कडेल पार्टीका ईमान्दार नेताका रुपमा परिचित हुुनुहुन्छ । पार्टीले खटाएको काममा सँधै जवाफदेही रहदै आउनु भएको कडेल अहिलेको चुनौती पार्टीलाई एक बनाएर अघि बढ्ने हो भन्नु हुुन्छ । लोकतान्त्रिक पार्टीलाई व्यवहाररत लोकतान्त्रिक बनाउन, पार्टीलाई विधान र पद्धति अनुसार संचालन गर्न, वृहत् र सशक्त बनाऊँन सधै आफु लगनशिल भएर लागने प्रतिवद्धता जनाउनु भयो । नेता कडेलले म संग गरेको कुराकानीमा उक्त कुराहरु बताउनु भएको हो । युवा नेता हामी जस्ता युवाहरुको प्रेरणाको श्रोत हुनुहुन्छ युवाहरुको काममा सधै हातमा हात र काधमा काध मिलायर हिडन रुचाउने कडेल सक्षम नेताका रुपमा परिचित भन्दा फरक पर्दैन । समाजीक विकास गर्नका लागि जस्तो सुकै समस्या संग पनि जुध्न तयार हुने उहाको व्यवहार देखेर युवाहरु पनि सामाजिक काममा आकर्षित हुन्छन । पार्टीका सभापति माननिय शेर बहादुर देउवा तथा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामीछाने तथा नेपाली कांग्रेसका साथी हरू संग नवलपरासिको रामग्राम स्तूपको दर्शन अवलोकन गरे पश्चात उहाले स्तुपको विकासका लागि काम गर्ने बताउनु भएको छ । तमलोपाको प्रथम राष्ट्रिय महाधिवेशन, नेपाल तरुण दल गैडाकोट नगर समिति को एकताको प्रथम अधिवेशनको उदघाटनको क्रममा सहभागि, प्रदेश नम्बर ४ मा आयोजित नेपाल विद्यार्थी संघ को २ दिने प्रशिक्षण, गैडाकोटको कार्यक्रम, अमलटारि होमस्टे नवलपरासिमा आयोजित लुम्बिनी अञ्चल स्तरीय महीला संघ को दुई दिने तालीम लगायतका नवलपरासिमा हुने विभिन्न कार्यक्रममा युवा नेत कडेलले सहभागिता जनाउदै आउनु भएको छ । युवा नेता कडेलले गर्ने हरेक कार्यले हामीलाई समाजिक कार्य गर्न उत्प्रेरणा प्रदान गरिरहेको हुन्छ । यसरी नै पार्टीलाई अगाड़ी लियर जानु तपाई लाई हाम्रो साथ र सुभकामना छ । जय नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१