ब्राजिल सेमिफाइनल प्रवेश, कोलम्बिया बाहिरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७१, शनिबार १४:४१

काठमाडौँ,  २१ असार  । विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ । brazil-world-cup213

ब्राजिलको फार्तालेजामा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो । ब्राजिलको जितका लागि कप्तान थिएगो सिल्भा र डेविड लुइजले गोल गरे । कप्तान सिल्भाले खेल सुरुवाती सातौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । उनले नेयमारले प्रहार गरेको कर्नर किकलाई सदुपयोग गर्दै बायाँ खुट्टाले प्रहार गरेको बलले सिधै जाली चुम्मेको थियो । यस्तै खेलको दोस्रो हाफमा ब्राजिलका अर्का खेलाडी लुइजले एक गोल थपे । उनले खेलको ६९ औँ मिनेटमा प्रहार गरेको सान्दार फ्रिकिक बलले सिधै जाली चुमेपछि ब्राजिलको जित सुनिश्चित भयो ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल जारी प्रतियोगितामा १० गोल गरेको छ भने चार गोलमात्र खाएको छ । प्रिक्वाटरफाइनल खेलमा ब्राजिलले चिल्लीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइलन  प्रवेश गरेको थियो ।

यस जितसँगै ब्राजिलका स्ट्राइकर नेयमारले ढाडमा चोटग्रस्त भएपछि आगामी सेमिफाइनलको  खेल नखेल्ने भएका छन् । खेलको ८७ औँ मिनेटमा कोलम्बियाका खेलाडी क्विन्टेरोले मैदानमा लडाएपछि नेयमारलाई स्टेचरमा राखेर अस्पताल पु¥याएको थियो ।  खेल अवधिभर कोलम्बियाले खासै राम्रो प्रदर्शन गर्न सकेन । कोलम्बियाका खेलाडी जेम्स रेड्रिगेजले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । ब्राजिलका गोलकिपर जुलियो सिजरले फल गरेपछि  कोलम्बियाले पाएको पेनाल्टीलाई रेड्रिगेलले खेलको ८० औँ मिनेटमा गोल फर्काएका थिए । उनी जारी विश्वकपमा हालसम्म सबैभन्दा धेरै गोल गर्दै गोल्डेनबुटको दाबेदार बनेका छन् । उनले प्रतियोगितामा छ गोल गरिसकेका छन् । विश्व फुटबल इतिहासमा लगातार पाँचवटा खेलमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

कोलम्बियाले प्रिक्वाटरफाइनल खेलमा उरुग्वेलाई पन्छाउँदै विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरे पनि अघिल्लो चरण प्रवेशको सपना भने चक्नाचुर हुन पुग्यो ।
जारी प्रतियोगितामा नेयमारले चार गोल गरेका छन् । विश्व वरियतामा तेस्रो स्थानमा रहेको ब्राजिलले सेमिफाइनल भिडन्तमा जर्मनीको सामना गर्नेछ । सबै संस्करणको विश्वकपमा सहभागी ब्राजिल लगातार छैटाँै पटक सेमिफाइनलमा पुगेको हो ।
लगातार  छैटाँै पटकसम्म क्वाटरफाइनल खेलको ब्राजिलले यसअघि सन् २००६ र  २०१० मा भएको क्वाटरफाइनल खेलमा क्रमश फ्रान्स र नेदरल्याण्डसँग मात्र पराजित भएको थियो ।  घरेलु मैदान र दर्शक साथ रहेको ब्राजिल छैटाँै पटक उपाधि जित्ने होडमा छ । ब्राजिलले पछिल्लो समयमा खेलेको २५ खेलमध्ये गत अगष्टमा भएको स्विट्जरल्यान्डविरुद्वको खेलमा मात्र हार भोगेको थियो ।यस्तै घरेलु मैदानमा भएको ४१ खेलमा अपराजित रहेको ब्राजिल सन् २००२ मा प्यारागुइनसँग मात्र हार भोगेको थियो । रासस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१