सरकार परिबर्तनको खेलले नेपाललाई संसारकै गरीब देश बनाउने छ : कर्ण बहादुर अधिकारी मकाउ,चीन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७३, बिहीबार १२:३४

karna नेपालमा बिकासको लागि सबै भन्दा ठूलो बाधक नै गलत संस्कार बोकेको संसदीय प्रणाली हो।२०४६ सालमा बहुदलीय ब्यबस्था लागु भई सके पछि २६ बर्षको अबधिमा २४ पटक सरकार परिबर्तन भई सकेको छ भने अब २५ औ पटक सरकार परिबर्तन हुने पक्का पक्की नै भई सक्यो।सुनेको छु यो अब बन्ने सरकार पनि मिलिजुलि चलाउने रे प्रचण्डले नौ दश महिना प्रधान मन्त्री त्यस पछि शेर बहादुरले चलाउने रे त्यसमा पनि भद्र सहमतिमा धोका भएको कारण लिखितम नै गरेका छन रे यो कुरा कमरेड कृष्ण बहादुर महराको मुखबाट नै सुनेको आखिर किन?के सरकार देश र जनताको हितको लागि बन्ने हो की नेता जीहरूले पद नपाए पछि पालै पालो मन्त्री बन्नका लागि हो?यसै कुराबाट प्रष्ट हुन्छ यहाँ कुनै पनि नेताजीहरूलाई देशको बिकास बारे चिन्ता रहेन्छ केबल चिन्ता रहेछ कुर्चीको।कसरी सरकार ढाल्न सकिन्छ भन्ने बारे मात्रै रात दिन सोचेर बसे पछि कता बाट देश बिकास तिर ध्यान जान्छ। केपी ओलीले झै यति ठूलो भिजन लिएर कुनै पनि प्रधान मन्त्री भएका थिएनन् तर बिडम्बना यिनको सरकारलाई पनि कांग्रेस र माओबादीहरूले काम गर्ने वातावरण सृजना गरी दिएनन्।कुनै पनि सरकारले राम्रो कार्य गर्नका लागि ५/१० बर्षको समय अबधि चाहिन्छ तर हाम्रो देशमा त ८/९ महिनामा सरकार परिवर्तन हुन्छ अनि कसरी हुन्छ बिकास।कागजी रूपमा बिकास निर्माणका कुराहरू सुन्दा नेपाली जनताहरू खुशीले ताली बजाउछन तर ती कुराहरूलाई ब्यबहारमा लागु गर्ने वातावरण सृजना नहुँदा निराश हुनु शिवाय अरू केहि हुँदैन।”केपी ओलीको जस्तो भिजन भएका नेताहरू न हिजो थिए न भोली नै आउने छन”।यसमा सबै भन्दा दोषी नेपाली राजनिति दलका नेताहरू नै हुन।अब यस्ता कुराहरूलाई नेपाली जनताले भित्रै मन र मस्तिष्क देखि बुझ्न जरूरी छ। नेपालका राजनिति दलहरूका नेताजीहरूको भाषण खुबै सुनियो मनमा लाग्थ्यो नेता भनेको त बहुत बुद्धिजीबी र नेपाली जनताको भावनामा कहिले पनि खेलबाड नगर्ने किसिमको हुन्छन होला भनेर तर बास्तबिकता त त्यस्तो रहेन्छ।नेपालको राजनिति इतिहास पल्टाएर हेर्ने हो नेपालको राजनितिमा धोका र कपट भन्दा अरू चीज केहि पाईदैन।राम्रा ब्यक्तिहरू पनि कुर्ची मोहमा फसे पछि उसले यो संसारलाई नै भुलि दिन्छन।पदीय घमण्डले गर्दा नै नेपालको राजनिति राजनिति नभएर मागी खाने भाडो सरह नै भएको छ। देशमा सरकार परिबर्तन भएसंगै सम्पूर्ण कार्य शैली नै परिबर्तन गर्छन कुनै पनि सरकारले पहिलेको सरकारले गरेको कामहरूलाई निरन्तरता दिएको समेत पाईदैन यस्ता किसिमका प्रबृतिहरूले गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पर्न जान्छ।त्यसैले नेपालको संसदीय प्रणालीको गलत किसिमका कदमहरूले गर्दा नेपाल र नेपालीलाई गरीबीको रेखा मुनी जातोमा सातु पिसिए झै पिसिने पक्का छ।त्यसैले सम्पूर्ण नेपाली जनताहरूले यस्ता कुराहरूलाई बुझ्न जरूरी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१