सामाजिक सेवामा भानुभक्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७३, बिहीबार ०५:४३

prakashप्रकाश अधिकारी  । असार २९ गते  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको शुभ जन्म दिन हो । यसलाई नेपाली साहित्यको अपूर्व दिनको रुपमा पुजिन्छ । भानु भक्तको नाममा विभिन्न कवि गोष्ठी , माल्र्यापण र प्रभातफेरी जस्ता कार्यक्रम गरि मनाइन्छ । मलाई लाग्छ , यो भन्दा पनि ठूलो जिउदो छंदा भन्दा मरेपछि कृति र यश राख्ने कुराले ठूलो भूमिका खेलेकोले नै भानुभक्तले साहित्यमा योगदान दिएका हुन । एउटा उदार दिल भएको घाँसी जसले घाँस काटेर आफ्ना परिवार पालेर वचेको पैसाले कुवा खनाउने सपना साचेको थियो । कुवा उसको परिवारको लागि थिएन, न त उसको प्यास मेटाउनको लागि थियो । त्यो मात्र समाजको लागि सर्मपित थियो । घाँसी संग विशाल धन थिएन थियो त मात्र विशाल मन । त्यो पनि समाजको लागि थियो । आज हामी भोज भतेर लगायतमा फजुल खर्च गरिरहेका छौ. यसले क्षणिक शान त देला तर समाज र दिन दुखीको लागि यो मात्र अभिशाप हुन्छ । सामजिक विकृत र देखावटी शानले कसैको भलो पनि गर्दैन । हामी भित्र घासीको जति मात्रै मन छ भने पनि हामीले समाजको हित हुने र समाजमा पछाडी परेको विपन्न र असहायको लागि केहि गर्न पक्कै सक्छौं । केहि नसके पनि हाम्रो जन्म दिनलाई असहाय र विपन्न वालवालिकाहरुको भोको पेटमा एक छाक खुवाएर तथा एक सरो कपडा लगाउन दिएर पनि हामी हाम्रो जन्म दिनलाई सार्थक पार्न सक्छौं । के हामी घाासी जतिको पनि विवेकी छैनौ र घासीकै प्रेरणाले भानुभक्त आदिकवि वन्न सक्छन भने हामी पनि केहि त पक्कै वन्न सक्छौं र गर्न पनि सक्छौं र अव कुनै ढिला नगरी त्यता तर्फ पाइला चालेमा पक्कै पनि आजको भानु जयन्ती सार्थक हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१