रमेश महतलाई यसरि फसाइयो नुवाकोट जस्ता काण्डमा, अडियो भिडियो केहि दिनमा सार्वजनिक हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७३, बिहीबार ०५:३६

mahatकाठमाडौँ ,३० असार । गत वर्षको चर्चित नुवाकोट छहरेको जस्ता काण्डको आरोपी रमेश महतलाई जालझेल गरि राजनीतिक रुपमा फसाइएको थाहा हुन् आएको छ । आरोपी रमेश महत तत्कालिन अर्थ मन्त्रि रामशरण महतका स्वकीय सचिव हुन् ।

भैरिवी न्युज डटकमको रिपोर्टर उपेन्द्र थापा सँग फोन गरि एक प्रत्यक्षदर्शीले भने, “म सँग रमेश महतलाई सुनुयोजित रुपमा फसाइएको प्रमाण छ र त्यो प्रमाण छिटै तपाईहरुलाई उपलब्ध गराउने छु। ” तपाईसँग कस्तो प्रमाण छ भन्ने प्रश्नमा उनले भने, “घटना हुनुभन्दा अगाडिको सबै यथार्थ विवरणको अडियो र भिडियो मसँग छ, समय आएपछी भनौला भनेर बसेको छु।”

उनि आफैले रमेश महतको विरोध गर्नको लागी घटना घट्नु भन्दा एक दिन अगावै नुवाकोटकै एक पसलबाट ब्यानर बनाएर ल्याएको स्वीकार्दै अब त्यस्तो अनैतिक काममा साथ् नदिने र यथार्थ विवरण मिडिया सामु राखिदिने वाताए ।

उनले आफ्नो नाम गोप्य राख्न समेत आग्रह गरे र केहि हप्तामै अडियो र भिडियो सार्वजिनक रुपामा मिडिया सामु राखिदिने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१