सर्वपक्षीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७३, बुधबार १३:३४
दलअभिमनु पटेल ।/रौतहट २९ असार  । गाविसबाट प्रदान हुने सेवा सुविधा गाविसको कार्यालयबाट प्रदान गरे मात्र जनतालाई सास्ती खेप्न नपर्ने कुरा एनेकपा माओवादीका यूवा नेता डिके झाले बताउनु भएको छ ।
क्रिएटिव गु्रप अफ नेपाल भलोहिया रौतहटद्धारा आज आयोजित सर्वपक्षीय सार्वजनीक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै यूवा नेता झाले गाविस सचिवहरुको संख्या न्यून रहेका कारण देखाई सचिवहरु विभिन्न बहाना बनाएर सदरमुकाम केन्द्रीत भएकोले यसलाई जिल्ला तथा केन्द्र स्तरबाट सहज गर्न आवश्यकता रहेको कुरा बताउनु भयो ।
श्री सरस्वती उच्च माध्यमिक विद्यालय पिपरा भलोहियाको प्रागंनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय मत्सरी गाविसका ऋषिराज झाले गाविस नआउने सचिवले पुजीगत अनुदानबाट मोटरसाइकल खरीद गर्न नहुने बताउनु भएको छ ।
त्यहाँ उपस्थित मत्सरी, भलोहिया, गंगापिपरा तथा पचरुखी गाविसका गाविस सचिवलाई लक्षित गर्दै झाले एकिकृत योजना तर्जुमा समिती गठन बारे सार्वजनिक गर्न गाविस सचिवहरुसंग आग्रह गर्नु भयो ।
कार्यक्रममा सहभागी गंगापिपरा ९ का सविता देवीले गाविसमा लक्षित वर्गको रकमको समुचित उपयोग नभएको बताउँदै शिक्षामा समेत लगानी गर्न आग्रह गर्नु भयो ।
अर्का सहभागी गंगापिपरा गाविसका राधिका देवीले आफूले हालसम्म द्धन्दपीडितको रकम नपाएको तथा गाउँ परिषदमा काखापाखा राखेर गरेको सामाजिक सुरक्षा भता रकममा अनियमितता लगायतका कुरा राख्नु भएको थियो ।
सोही गाविसका मन्जु देवीले वडा नं. ७, ८ मा खानेपानी पाइप लाइन विस्तार नहुँदा आफूहरु स्वच्छ खानेपानीबाट बंचित रहेको कुरा बताउनु भयो । गाविस पचरुखीका आश महम्मदले सामाजिक सुरक्षा भतामा अनियमितता, गाविसमा शुद्ध खानेपानीको अभाव, गाविस सचिव सम्पर्क विहिन रहने गरेको, गौरमा रहेको गाविस सचिवको सम्पर्क कार्यालय समेत खुल्न नगरेकोवडा नं. ४ मा हालसम्म गाविसले कुनै पनि काम नगरेको गुनासो पोखेका छन् ।
तयस्तै गाविस भलोहियाका आर्दश कुमार झाले गाविस सचिवहरुको आफ्नै रवैयाका कारण जोखिममा रहेको कुरा बताउनु भयो । भलोहिया गाविस कै सन्तोष महतोले आफूले सामाजिक सुरक्षा भता ४ हजार पाउनु पर्नेमा २ हजार मात्र पाएको गुनासो पोख्दै अब उपरान्त यसो नगर्न गाविस सचिवलाई आग्रह गर्नु भयो ।
स्वास्थ्य चौकी पचरुखीका रामाकान्त प्रसाद यादवले पचरुखीमा पशु सेवा केन्द्र भएपनि खुलेको वर्ष  दिन भिन्दा बढी भएको बताउनु भयो । त्यस्तैमा मत्सरीमा रहेको कृषि सेवा उपकेन्द्र नियमित नखुल्ने गरेको मत्सरी गाविसका भुजेन्द्र झाले बताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको प्रश्नको जवाफ दिँदै गंगापिपरा गाविसका सचिव मनोज कुमार झाले आफनो लागि गाविस अन्तर्गतका सम्पूर्ण जनता एक समान रहेको तथा समाजिक सुरक्षा भतामा कतै पनि अनियमितता नभएको गाविसको कार्यालय समेत खुल्न गरेको, पक्की कार्यमा बढी योजना राखेको, गाउँ खुल्ला दिसामुक्त घोषणा गर्न लागि परेको तथा जनताको योजना संचालनको मोटरसाइकल समेत यस वर्ष खरीद नगरिने बताउनु भयो ।
त्यस्तै गाविस भलोहियाका सचिव झगरु मन्सरीले गाविस सचिवलाई धेरै जिम्मेवारी रहेको स्वीकार गर्दै आफूले कामलाई प्राथमिकता दिएको अधिकांश रकम खुल्ला दिसामुक्तमा लगिएको, विगतमा सामाजिक सुरक्षा वितरणमा जे सुकै कमीकमजोरी भएता पनि अब उपरान्त त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गर्नु भयो । गाविस मत्सरीका प्राविधिक सहायक उमेश चौधरीले गाविसमा हाल एकिकृत योजना तर्जुमा समिति गठन नभएको बताउँदै सम्पूर्ण योजना वडा स्तरबाट ल्याइएको ठोकुवा गर्नु भयो । गाविस सचिव तोप बहादुर बस्नेतले आफूले मोटसाइकल खरीद गरेको बताउँदै नियमित रुपमा गाविसमा आउने गरेको बताउनु भयो ।
गाविस पचरुखीका प्राविधिक सहायक रामबाबु यादवले सामाजिक सुरक्षामा अनियमितता नहरेको ठोकुवा गर्दै त्यसो पाइमा आफू दण्डित हुन तयार रहेको बताउनु भयो । पचरुखी वडा नं. ४ मा सडक मर्मत आवश्यक रहेको स्वीकार गर्दै सडक ममर्त नभएपनि नयाँ सडक बनेको बताउनु भयो ।
गाविस सचिव चन्देश्वर यादवले आफू नेपाल सरकारको नीति नियम अनुसार नै चल्ने गरेको तथा वडा नं. १ देखि ९ सम्म वडा भेला गरेर योजना छनौट गरेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रतिनिधि शिवदयाल यादवले कृषि सेवा केन्द्रबारे जनताको गुनासो सम्बोधन हुने आश्वासन दिनु भयो । कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटका खानेपानी  तथा सरसफाई टेक्निसियन प्रेमचन्द्र झा, प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरा का प्रतिनिधि संजय कुमार झा, इलाका प्रहरी कार्यालय गंगापिपराका प्रहरी सहायक निरीक्षक चन्दन कुमार सिंह, सशस्त्र वेश क्याम्प भलोहियाका सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर पौडेल, गाविस भलोहियाका जवाहर यादव, सियालाल महतो, गाविसका गंगापिपराका शम्भु सिंह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्कृत उच्च माध्यमिक विद्यालयका विेद्यालय व्यवस्थापन समिति अध्यक्ष, भुजेन्द्र झाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१